बुटवल उपमहानगरपालिकाको बजेट १ अर्ब ६३ करोड
बुटवल । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले प्रदेश नम्बर ५ लाई विभाजन गर्ने प्रयास असफल बनाएजस्तै बुटवललाई प्रदेशको राजधानी हुन रोक्न खोज्ने प्रयासलाई पनि असफल बनाइने बताए ।
बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७४/७५ को बजेट, नीति तथा कार्यक्रम सार्वजनिक कार्यक्रमलाई शुक्रबार म्बोधन गर्दै उनले बुटवल उपमहानगरको बजेट तथा कार्यक्रम नगरका जनताको भावनाअनुकूल आएको बताए ।
उनले बुटवलका जनताको स्वस्थ्य, शिक्षा, खानेपानी विकासका पूर्वाधारलगायत बुटवलको सबैभन्दा समस्याको रुपमा रहेको अव्यवस्थित बसोबासको समस्या समाधानमा केन्द्रित भएको बताउँदै अब यसको पूर्णतया कार्यान्वयनमा जनप्रतिनिधिको ध्यान जानु जरुरी छ ।
साउन ३२ गतेबाट सुरु भइ भदौ ११ गते सम्पन्न नगरसभा बैठकले पारित गरेको बजेट, नीति तथा कार्यक्रम शुक्रबारसार्वजनिक गरिएको हो । उप–महानगरपालिकाले आर्थिक वर्ष २०७४/७५ का लागि १ अर्ब ६३ करोडको बजेट सार्वजनिक गरेको छ ।
नगरसभाले चालु आर्थिक वर्षका लागि आर्थिक एवं विनियोजन ऐनद्वारा नगर सञ्चित कोषमा व्ययभार हुने गरी १ अर्ब ६३ करोड ३५ लाख ७८ हजार ८ ५ को बजेट पारित गरि सार्वजनिक गरिएको हो ।
आर्थिक वर्ष ०७४/०७५ को बजेट, नीति तथा कार्यक्रम नगर प्रमुख शिवराज सुवेदीले बजेट सार्वजनिक गर्दै नगरबासीको विकासको चाहनालाई साधन र स्रोतले भ्याएसम्म समेट्ने प्रयास गरिएको बताए ।
बजेटमा पूर्वाधार विकास तथा सामाजिक विकास कार्यक्रमका लागि विनियोजन गरिएको कुल बजेटमध्ये क्रमागत केन्द्रीय तथा नगरस्तरीय योजना कार्यक्रमका लागि १ अर्ब २५ करोड ७२ लाख ९७ हजार ८ सय ५ विनियोजन गरिएको छ । त्यस्तै सामाजिक विकास तथा अन्य लक्षित विकास कार्यक्रमका लागि कुल ८ करोड १२ लाख ५ हजार विनियोजन गरिएको छ ।
सामाजिक विकास कार्यक्रमअन्तर्गत महिला विकास कार्यक्रमका लागि १ करोड ५ लाख रुपैंयाँ निर्धारण गरिएको छ । यसैगरी युवा तथा बालबालिका विकास कार्यक्रमका लागि सामाजिक विकासतर्फकै बजेटबाट कुल ४ करोड ४६ लाख विनियोजन गरिएको छ ।
प्रतिकृया दिनुहोस