धनकुटाका जिर्ण विद्यालयहरुको भवन निर्माणका लागि माग

Dhankuta p

काठमाण्डौ । धनकुटाका विभिन्न स्थानीय तहहरुका जिर्ण रहेका ,भूकम्प तथा पहिरोले क्षती पु¥याएका विद्यालयहरुको भवन निर्माण गर्न शुक्रबार नेपाली कांग्रेस धनकुटाका टोलीले शिक्षा मन्त्रालय सिंहदरवारमा अनुरोध पत्र बुझाएको छ ।

शिक्षा मन्त्रालय सिह दरवार काठमाडौँमा नेपाली कांग्रेस धनकुटाको टोलीले धनकुटा जिल्लाका महालक्ष्मी नगरपालिको डाँडागाउँमा भूकम्प तथा पहिरोले जिर्ण भएको श्री नविन शिक्षा सदन उच्च मावि डाँडागाउँको विद्यालय भवनको, श्री राम मावि राम बजार लेगुवा,साँगुरीगढी गाउँपालिकाको गोलखाडी मावि गोलखाडी महाभारतत,श्री राम मावि लेउतीटार फाक्सिव,श्री सिंहकाली मावि आहाले ,खाल्ला छिन्ताङ्ग शहिद भूमी गाउ पालिकाको श्री जिवन सुधालय मावि खोकु,श्री संसारी प्रा।वि।आखिसल्ला,चौविसे गाउपालिकाको श्री मछिन्द्र देवी निमावि बोधे,श्री संयूक्त मावि टोक्रोम्बा र धनकुटा नगरपालिकाको श्री देउराली आधारभूत विद्यालय सान्ताङ्ग,श्री कौशिका आधारभूत विद्यालय मुलघाटको भवन निर्माण तथा मर्मत गर्न अति आवाश्यक भएकोले अनुरोध गर्दै शिक्षा मन्त्रिको ध्यानाकर्षण गराउनु भएको हो ।

उक्त टोलीमा नेपाली कांगे्रस धनकुटाका सचिव विजय सन्तोषी राई,धनकुटा नगरपालिका वडा नं. ७ का सभापति सुनिल कुमार डंगोल,नेपाल पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ लगायतका धनकुटेली टोलीको सहभागीता रहेको थियो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...