साल्ट्र ट्रेडिङ कर्पोरेशन शाखाद्घारा सुपथ मूल्यको पसल सञ्चालनमा

F pokhara

पोखरा । नजिकिँदै आइरहेका बडादशैँ, तिहार र छठ पर्वलाई मध्यनजर गरी साल्ट्र ट्रेडिङ कर्पोरेशन शाखा कार्यालय पोखराले आजदेखि आफ्नै कार्यालयको हातामा सुपथ मूल्यको पसल सञ्चालन गरेको छ । 

पोखरा–लेखनाथ महानगरपालिका ९ पृथ्वीचोकस्थित कार्यालयबाट चिनी प्रतिकिलोमा पाँच र नूनमा दुई छुट दिई बिक्री वितरण शुरु गरेको शाखा प्रमुख सुरेश राजभण्डारीले जानकारी दिए ।

छुटसँगै चिनी अब ७७ रुपैयाँ ५० पैसा र नून रु १८ मा एकजना उपभोक्ताले बढीमा छ किलोसम्म खरिद गर्न सक्ने छन् । कार्यालयको सो छुट आजदेखि कात्तिक ९ गतेसम्म कायम रहनेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...