दशैंको लागि टिकट बुकिङ भदौ २२ देखि खुल्ने

1474189439ticket

काठमाडौं । दशैंको लागि काठमाडौं बाहिरिने यात्रुहरुका लागि अग्रिम टिकट बुकिङ यहि भदौं २२ गते देखि खुला हुने भएको छ ।

आज यातायात व्यवस्था विभागमा बसेको उपभोक्ताकर्मी, बिभागका कर्मचारी र व्यवसायीबीचको छलफलमा २२ भदौदेखि बुकिङ खोल्न व्यवसायी सहमत भएका हुन् ।

भदौ १५ गतेबाट दशैंका लागि सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुलाउने सरकारको प्रयास व्यवसायीका सर्तका कारण असफल भएको थियो ।

प्रत्येक दशैमा टिकट बुकिङ खुलाउने समयमा व्यावसायीहरुले सर्त राख्दा बुकिङमा हरेक वर्ष यात्रुहरुलाई अन्योल हुने गरेको छ ।

सरकारले हरेक वर्ष दशैंमा काठमाडौंबाट घर फर्किनेहरुका लागि अग्रीम टिकट बुकिङ खुलाउने गरेको छ ।

त्यस्तै भाडा समायोजन गर्ने विषयमा आगामी सोमबार छलफल गर्ने सहमति भएको छ। दसैँअघि भने भाडा समायोजन लागू नगरिने भएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...