‘नाडा शो’ कुम्भ मेलामा पावरफुल मिनीस्कटवाली’ हरु

Nada

काठमाडौं । राजधानीको भृकुटीमण्डप अटो मोबाइलको कुम्भ मेला ‘नाडा शो २०१७’ ले निक्कै भरिभराउँ छ । गाडीकै मेला भएकाले सडकमा गाडी राख्ने त के मान्छेको पाइला राख्ने ठाउँसम्म पनि छैन ।

त्यो बाहिरको कुरा भयो । ‘नाडा शो २०१७’ को कुम्भ मेलाभित्र पनि त्यस्तै छ । रंगी विरंगी मञ्च, गाढी त त्यसै पनि आकर्षणको केन्द्र विन्दु हुने नै भयो । तर, जारी ‘नाडा शो २०१७’ मा युवतीका लागि मोडलिङ गर्ने थलो नै बनेको छ ।

नाडा शोमा जति नयाँ नयाँ ब्रान्डका गाडीसँगै बाइक पनि युवाको आकर्षकको केन्द्र बनेको छ, त्योभन्दा पनि बढी बाइकमा सजिएर बसेका युवतिले ध्यान तान्ने गरेको छ । ‘नाडा शो २०१७’ मा दैनिक लाखौंको संख्यामा गाडी र हजारौं बाइक पारखी अवलोकनकर्ता, डिलर्स तथा कम्पनीहरुको सहभागीता हुने गरेको छ ।

नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालले १३ देखि काठमाडौंको भृकुटी मण्डप प्रदर्शनी कक्षमा सुरु भएको नाडा अटो शो २०१७ को १२ औं संस्करणमा अघिल्ला संस्करण जस्तै योपटक पनि नयाँ नयाँ गाडीसँगै नयाँ नयाँ युवतीलाई मोडलिङमा राखिएको छ । कतिपयले यो मेलालाई मोडलिङ गर्ने थलोको रुपमा पनि लिएका छन् ।

खासगरी १९ ब्राण्डका बाइक र स्कुटीको स्टलमा युवतीहरु निक्कै सानका साथ मोडलिङगरिरहेका हुन्छन् । उनीहरुको काम कसैसँग बोल्नेभन्दा पनि दर्शकलाई आफुतिर तान्ने हो ।

अधिकांस स्टलमा बसेका युवतीहरुले मिनिस्कट लगाएका छन् । कतिपयले त भड्किला पोशाक नै लगाएका छन् । जसका कारण पनि सजिलै दर्शकको मन तान्ने गरेका छन् । यहाँ १९ ब्राण्डका बाइक तथा स्कुटीको स्टल राखिएको छ । विभिन्न ब्राण्डका लेटेस्ट भर्सन बाईक र गाडीहरुको प्रदर्शनीसँगै मोडलहरुको समेत अवलोकनकर्ताहरुले तारिफ गर्ने गरेका छन् ।

तस्विरहरु : सुरज गौतम/निशान न्युज

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...