संविधानको पूर्ण कार्यान्वयन प्रदेश र प्रतिनिधिसभाको निर्वाचनपछि : प्रधानमन्त्री

Debauba

कञ्चनपुर । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयनको चरणमा रहेको जनाउँदै प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएपछि संविधानको पूर्ण कार्यान्वयन हुने बताए ।

शुक्रबार बिहान कञ्चनपुरको भीमदत्तनगरमा नेपाल प्रेस युनियन, कञ्चनपुर शाखाले आयोजना गरेको पत्रकारसम्मेलनमा प्रधानमन्त्री देउवाले प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनबारे सबै राजनीतिक दलसित सल्लाह भइरहेको बताए ।

‘सबै पार्टीहरुसित सल्लाह भएको छ’, प्रधानमन्त्री देउवाले भने, ‘प्रदेश नं २ मा पनि स्थानीय तहको निर्वाचन हुन गइरहेको छ ।’ निर्वाचनहरु सम्पन्न भई मुलुक संविधान कार्यान्वयनको दिशामा अघि बढेसँगै संघीय गणतन्त्र संस्थागत हुने उनको भनाइ थियो ।

आफ्नो भारत भ्रमण सफल रहेको बताउँदै पञ्चेश्वर परियोजना अगाडि बढाउनाका साथै दोधाराचाँदनीमा सुख्खा बन्दरगाह, प्रदेश नं ७ मा प्राविधिक शिक्षालय स्थापना र महाकाली नदीमा दार्चुलाको जोलजिवी र डडेल्धुराको परशुराममा पक्की पुल र तटबन्ध निर्माण हुने बताए ।

‘भारत भ्रमण सफल रह्यो’, देउवाले भने ‘सुदूरपश्चिमको विकासका लागि पनि भारतीय पक्षसित सहमति भएका छन् ।’

बिहीबार महाकाली नदीको चार लेनको पक्की पुल शिलान्यास गर्न कञ्चनपुर आईगेका प्रधानमन्त्री देउवा शुक्रबार नै राजधानी फर्कने कार्यक्रम रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...