लामिडाँडामा पहिरो र रूख हटाई यातायात सञ्चालन

Tree down

हेटौँडा । त्रिभुवन राजपथको लामिडाँडामा आज बिहान ७ः३० बजे पहिरोसहित ठूलो रूख ढल्नाले बाटो अवरुद्ध हुँदा तत्कालै सिमभञ्ज्याङबाट आएको डोजरले पहिरो र रूख हटाई आज बिहान ८ बजेदेखि हेटौँडा–काठमाडौँको यातायात सेवा सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सो पहिरो हटाउन जिल्ला प्रशासन कार्यालय मकवानपुरले सिमभञ्ज्याङमा रहेका प्राविधिक र डोजर त्यसतर्फ पठाई तत्काल यातायात सञ्चालनमा ल्याउन सक्रिय रहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले जानकारी दिएका छन् ।

वनको मुग्लिन सडक दुवैतर्फ अवरुद्ध हुँदा पूर्व र पश्चिमबाट आएका सवारीसाधन अहिले नियमित हेटौँडा हुँदै त्रिभुवन राजपथबाट काठमाडौँतर्फ आवतजावत गर्ने गरेको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...