बाढीले बगाएको गैँडालाई भारतबाट उद्धार

दुर्लभ एकसिङ्गे गैँडालाई उद्धारपछि निकुञ्जमा ल्याएर छाडियो

Kl

रत्ननगर । चितवन राष्ट्रिय निकुञ्जबाट बाढीले बगाएर भारत पु¥याएको एउटा दुर्लभ एकसिङ्गे गैँडालाई उद्धारपछि निकुञ्जमा ल्याएर छाडिएको छ । 

दुई दिनको अथक प्रयासपछि उद्धार गरिएको गर्भिणी गैँडालाई बिहीबार राति ८ बजे चितवनको रत्ननगरस्थित जनकौली मध्यवर्ती सामुदायिक वनबाट निकुञ्जमा छाडिएको सहायक संरक्षण अधिकृत अभिनय पाठकले जानकारी दिएका छन् ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्याल तथा वरिष्ठ पशु चिकित्सक डा. कमल गैरे नेतृत्वको टोलीले नेपाल–भारत सीमा क्षेत्रको दक्षिणपूर्व करिब १६ किलोमिटर टाढा भेडियारी भन्ने स्थानबाट बिहीबार दिउँसो गैँडाको उद्धार गरेर पठाएको हो ।

भारतमा गैँडा रहेको सूचना पाएपछि निकुञ्जको प्राविधिक सहितको टोली यही भदौ १३ गते उद्धारका लागि दोस्रो पटक भारत गएको थियो । दुई दिनको प्रयासमा करिब १५ वर्षको गर्भिणी गैँडाको उद्धार भएको हो ।

यसअघि पनि निकुञ्जले भारतबाट पाँच र नेपाल–भारत सीमा क्षेत्रबाट एउटा गरी ६ वटा गैँडाको उद्धार गरिसकेको छ । अहिलेसम्म बाढीबाट बगाएका सात गैँडाको उद्धार भएको चितवन निकुञ्जले जनाएको छ । छ वटाको उद्धार गरी फर्किएको टोली पुन ः गैँडा रहेको थाहा पाएपछि उद्धारका लागि भदौ १३ गते पुन ः भारत गएको थियो ।

अझै एउटा गैँडा रहेकाले प्राविधिक सहितको टोली गैँडाको खोजीमा भारतमै रहेको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए । उद्धारमा चितवन निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष तथा भारतको वाल्मीकि टाइगर रिजर्भका अधिकारीहरु संलग्न छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...