सुनचाँदी हस्तकला व्यवसायी संघको प्रथम अधिवेसन हुने

Sunchadi hastakala

काठमाडौं । नेपाल सुनचाँदी हस्तकला व्यवसायी संघको प्रथम अधिवेशन शनिबार हुने भएको छ ।

नेपालको सुनचाँदी हस्तकला व्यवसायलाई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउने उद्देश्यले संघको स्थापना गरिएको थियो ।

सुनचाँदी व्यवसायलाई आधुनिकीकरण गर्दै देशको अर्थतन्त्रमा दर्बिलो उपस्थिति जनाउन र आम सुनचाँदी व्यवसायी, शिल्पकार तथा कालीगढहरुलाई संगठित गरी उनीहरुको सीपलाई समेत शैक्षिकस्तरमा समेत विकास गराई सुनचाँदी व्यवसायलाई मर्यादित एवं सुरक्षित तवरबाट संचालन गर्ने उद्देश्य संघको स्थापना गरिएको संघका अध्यक्ष मोहन विश्वकर्माले बताए ।

संघको प्रथम अधिवेसनका अवसरमा संघले ‘सुनचाँदी व्यवसायको क्षेत्रमा देखिएका समस्या, सम्भावना र सुरक्षा चुनौती’ विषयक कार्यक्रम पनि गर्ने भएको छ । सो अवसरमा संघले सीपको मुल्यांकन गर्दै उत्कृष्ट कालीगढहरुलाई सम्मान गरिने बताइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...