'नेपालले बिआरआईबाट फाइदा लिन सक्नुपर्छ ' : परराष्ट्रमन्त्री

Mantri mahara

काठमाडौँ । उपप्रधानमन्त्री कृष्णबहादुर महराले चीनले शुरु गरेको बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) भित्र रहेर मुलुकको व्यापार विस्तार गर्नुपर्ने बताएका छन् । 

नेपाल चाइनिज गाइड एशोसिएसन (नेगा)को बिहिवार उद्घाटन गर्दै परराष्ट्रमन्त्री महराले भन्नुभयो, 'नेपालले बिआरआईबाट फाइदा लिन सक्नुपर्छ ।' मन्त्री महराले नेपालको महत्वपूर्ण पर्यटकीयस्थल लुम्बिनीको विकास र प्रवद्र्धन गर्दै अन्तर्राष्ट्रिय पर्यटक भित्र्याउनुपर्नेमा जोड दिँदैनेपाली र चिनियाँबीच राम्रो सम्बन्ध विकासमा लुम्बिनी महत्वपूर्ण गन्तव्य हुने उल्लेख गरे । 


परराष्ट्रमन्त्री महराले द्रुत विकासमा चीनका पर्यटकको आगमन बढ्दै गएको उल्लेख गर्दै नेपाल–चीनबीच ऐतिहासिक सम्बन्ध थप प्रगाढ बनाउन पथप्रदर्शकको महत्वपूर्ण भूमिका हुने विचार व्यक्त गरे। 

सो अवसरमा नेपालका लागि चिनियाँ राजदूत यु होङले चिनियाँ सरकारले नेपालको पर्यटन विकासलाई उच्च प्राथमिकतामा राखेको बताए । कार्यक्रममा सांसद टेकबहादुर गुरुङ, नेकपा (एमाले) पर्यटन विभाग प्रमुख सूर्य थापालगायतले छिमेकी मुलुक चीनबाट बढी पर्यटक भित्र्याउन सके पर्यटनको माध्यमबाट नेपालको आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा संस्थाका तर्फबाट अनुभवी पथप्रदर्शक ८१ वर्षीय किसनबहादुर नगरकोटीलाई सम्मान गरिएको थियो । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...