प्रधानमन्त्री देउवाद्धारा महाकाली नदी पुलको शिलान्यास
कञ्चनपुर । प्रदेश नम्बर ७ कै आर्थिक मेरुदण्डको रुपमा परिकल्पना गरिएको महाकाली नदी पुलको विहीबार प्रधानमन्त्री शेरबहादुर देउवाले शिलान्यास गरेका छन् ।
तीन अर्ब लागतमा महाकाली नदीमा चार लेनको पुल बन्ने भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका १२ स्थित ओदालीमा पुल निर्माण हुने भएको हो ।
सबैभन्दा लामो झोलुङ्गे पुल दोधारा चाँदनी नजिक निर्माण गर्न लागिएको यो पुलको लम्बाई ८ सय मिटर र चौडाई २३ दशमलव ८ मिटर हुनेछ ।
३ अर्ब २६ करोड ९३ लाखको लागतमा निर्माण गर्न लागिएको यो पुल ३ वर्ष भित्र निर्माण सम्पन्न गरिने योजना छ । चार लेनको निर्माण गर्न लागिएको यो पुलका लागि चालु आर्थिक वर्षमा सरकारले ९९ करोड ६५ लाख रकम बिनियोजन गरेको छ ।
प्रतिकृया दिनुहोस