प्रदुषित पानीका कारण भाइरल ज्वरोका बिरामीले अस्पताल भरिभराउ

Viral jwaro rugha khoki rt

रामेछाप । रामेछापमा भाइरल ज्वरोका कारण अस्पताल भरिभराउ छ । प्रदुषित पानी पिएका कारण रामेछापमा भाइरल ज्वरोका बिरामी बढेका हुन् ।

रामेछापमा रहेका सरकारी तथा निजी अस्पतालहरुमा अहिले ज्वरो, टाइफाइड, रुघाखोकी, निमोनीया, जण्डिसलगायतका रोगका दैनिक २ सय भन्दा वढी बिरामी उपचारको लागि स्वास्थ्य संस्थामा आउने गरेका छन् ।

अहिले रामेछापका जिल्ला अस्पताल रामेछापमा ५० भन्दा वढीको संख्यामा दैनिक विरामीहरु उपचारको लागि आउने गरेका छन् । प्राथमिक स्वास्थ्य केन्द्र, तामाकोशी सहकारी अस्पताल, रामेछाप सामुदायिक अस्पताल, साहारा सामुदायिक अस्पताल लगायतका स्वास्थ्य संस्थाहरुमा बिरामीको दैनिक रुपमा भिड नै लाग्ने गरेको छ ।

अस्पतालमा साना बालबालिकादेखि वृद्धसम्म ज्वरो, टाइफाइड र जण्डीसका विरामीहरु दैनिक ८० जनाको हाराहारीमा उपचार लिन अस्पताल आउने गरेको तामाकोशी सहकारी अस्पतालका डा.सुमन कर्माचार्यले जानकारी दिए ।

उनले भने ‘उपचारमा आउने बिरामीको परीक्षण गर्दा सबै भन्दा बढी पिउने पानीकै कारण बिरामी भएको देखिन्छ । वर्षादको भेल खानेपानीमा मिसिएका कारण रोग लागेको डा. कर्माचार्यले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...