बाढी र डुबानले ११ करोड क्षति

Badi chitwan

दाङ । बाढी र डुबानका कारण कृषि तथा पशु चौपायातर्फ १० करोड ७५ लाखभन्दा बढीको क्षति भएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिले दिएको जानकारीअनुसार एक हजार ११५.७४ हेक्टर क्षेत्रफलको धान मकै बगाउँदा आठ करोड २६ लाख ६२ हजार बराबरको क्षति भएको छ ।

यस्तै, बाढीले १०२.४ मेट्रिक टन सञ्चित खाद्यान्न बगाउँदा ५१ लाख ५२ हजार, १० मेट्रिक टन सञ्चित बीउ बगाउँदा ९ लाख ८८ हजार र एउटा च्याउ फार्म बगाउँदा २० लाख बराबरको क्षति भएको आपत्कालीक कार्य सञ्चालन केन्द्रका सूचना अधिकारी खिलानाथ दाहालले जानकारी दिए ।

पशु चौपायाको गोठ बगाउँदा ३७ लाख २३ हजार र १३ वटा माछा पोखरी बगाउँदा ५० लाख ८० हजारको नोक्सानी भएको छ । जिल्लामा बाढीले २८ गाईगोरु, दुई भैँसी, ९४ भेडाबाख्रा, २ सुँगुर, स्थानीय कुखुरा र हाँस गरी २ सय १७ तथा ब्रोइलर ३ हजार १ सय ५० बगाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

चियाँसँग कविता कार्यक्रमको नवौं श्रृंखला सम्पन्न, सर्जकको चासो बढ्दै

Chiyasang kabita 9 1

धनकुटा । चियाँसँग कविता कार्यक्रमको नवौं श्रृंखला आज धनकुटामा सम्पन्न भएको छ । धनकुटाकै पहिलो सा...