आजदेखि जोडियो पहिलो इम्बोस्ड नम्बर प्लेट

पहिलो प्लेट यातायात विभागका महानिर्देशकको गाडीमा

21244606 669224576618798 1505974077 n

काठमाडौं। बुधबार यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टरार्इको गाडीमा पहिलो इम्बोस्ड नम्बर प्लेट जडान गरेर औपचारिक सुरुवात गरिएको छ।

यातायात व्यवस्था विभाग साना तथा ठूला सवारी कार्यालय बागमती प्रमुख बसन्त अधिकारीले कार्यालयको परिसरमै आएर विभागका महानिर्देशकले इम्बोस्ड नम्बर प्लेट जडान गरेको जानकारी दिए। त्यस्तै उनले विभाग र यातायात कार्यालयका गाडीहरुमा धमाधम जडान कार्य भैरहेको बताएका छ्न्।

विभागका महानिर्देशक भट्टराइले पहिलो इम्बोस्ड नम्बर BAA 0101 प्राप्त गरेका छन्। नम्बर प्लेटमा तीनवटा अक्षर तथा चारवटा अङक हुने विभागले जनाएको छ।

विभागको तथ्याङक अनुसार अहिले लगभग ४० हजार सरकारी गाडीहरु छन्। पहिलो चरणमा उक्त गाडीहरुमा इम्बोस्ड नम्बर प्लेट राखिने छ। त्यसपछि अन्य गाडीहरुमा क्रमश दोस्रो र तेस्रो चरण गरि ५ बर्षभित्रमा नेपालभर कार्यान्वयनमा ल्याउने लक्ष्य राखिएको छ।
विभागले पहिलो चरणमा सरकारी गाडीबाट सुरु गर्ने योजना अनुसार नै विभागका महानिर्देशकको गाडीबाट थालनी गरेको प्रवक्ता टोकराज पाण्डेले बताएका छन्।

गत शुक्रबारदेखि खुलेको अनलाइन आवेदनमा निजी चारपाङग्रे तर्फबाट २४ जनाको आवेदन परेको बिभागले जनाएको छ। विभागमा रहेको इम्बोस्ड कार्यालयमा पठाइएका आवेदन अनुसार ढिलोमा एक हप्ताभित्र नम्बर प्लेट तयार हुने यातायात कार्यालयले जनाएको छ।

 

कसरी अनालार्इन फम भर्ने ?

यातायात व्यवस्था विभागको वेबसार्इट www.dotm.gov.np मा गर्इ Embossed Number plate सर्च गर्ने वा http://hsenp.www.dotm.gov.np मा सिधै लिंक क्लिक गरेर फम भर्ने सकिन्छ।

यातायात कार्यालयमा गएर सवारी साधन अनुसारको रकम तिरेर अनलार्इनमा गएर आफ्नो ब्लुक बुकको आधारमा फारम भर्नुपर्छ। रकम बुझाएको रसिद नम्बर पनि त्यसमा उल्लेख गर्नुपर्दछ। केहि समयपछि भने नम्बर प्लेटकालागि आवश्यक पर्ने रकम जुन बैंकबाट पनि तिर्न सकिने व्यवस्था मिलाइने विभागले जनाएको छ। अहिलेलार्इ भने साना तथा ठूला सवारी कार्यालय बागमतीमा पुग्नुको विकल्प छैन।

फारम भरेपछि आवेदकको सम्पर्क नम्बरमा म्यासेज आउँछ । उक्त म्यासेजमा बायोमेट्रिककालागि फेरि यातायात कार्यालयमा बोलाइन्छ। बायोमेटिकमा फोटो खिच्ने र डिजिटल सिक्नेचर लिइन्छ। त्यसपछि उक्त विवरण कार्यालयको आइटी शाखा मार्फत विभागको इम्बोस्ड कारखानामा जान्छ र इम्बोस्ड नम्बर बनेर सम्बन्धित यातायात कार्यालयमा पुग्छ। आवेदन दिएको एक हप्ता भित्र इम्बोस्ड नम्बर प्लेट तयार हुने यातायात व्यवस्था विभागका प्रवक्ता डा।टोकराज पाण्डे जानकारी दिए।

इम्बोस्ड नम्बर प्लेट तयार भएपछि सवारीधनीले दिएको सम्पर्क नम्बरमा एसएमएस आउँछ । उक्त एसएमएस आएपछि नम्बर प्लेट तयार भएको भन्ने बुझ्नु पर्दछ । त्यसपछि यातायात कार्यालयमा गएर जडान गर्न सकिन्छ ।
यो एकपटक जडान गरिसकेपछि उप्काएर अन्य गाडीमा जडान गर्न मिल्दैन । यदि दुर्घटना वा अन्य कारणबाट नष्ट भएमा पुन जडान गर्ने शुल्क लाग्छ । अहिले यातायतत कार्यालय मिन भवनको इम्वोस्ड नम्बर प्लेट कारखानामा यो उत्पादन भैरहेको छ।

माग अनुसार इम्बोस्ड नम्बर प्लेट तयार गर्न सकिने डेकोटुर टाइगर आइटी द कोअपरेशनले जनाएको छ। उक्त कम्पनीले इम्बोस्ड नम्बर प्लेट तयार गरिरहेको छ।
उक्त नम्बर प्लेटका साथ गाडीको सिसामा स्टिकरसहितको चिप्स टाँसिएको हुन्छ उक्त चिप्समा गाडीको सबै खालको विवरण हुन्छ। उक्त चिप्स उप्काएमा ड्यामेज हुने भएकाले यसलार्इ परिवर्तन गर्न मिल्दैन।

 

अब नम्बर प्लेट ५ प्रकारका मात्रै

नेपालमा हाल प्रयोग भइरहेका २३ प्रकारका नम्बर प्लेटलार्इ ५ प्रकारको नम्बर प्लेटमा सिमित गर्न लागिएको यातायात व्यवस्था विभागले जनाएको छ।

अब देखि राष्ट्रपतिको सवारीमा नेपालको झण्डा।झण्डामुनि माथिबाट हल्का निलो रङ हुँदै गाढा निलो रङ,ल्भ्ए अक्षर,त्यो अक्षरमुनि लालीगुराँस सहित नेपालको निशान छाप हुने गरी, सार्वजनिक सवारीमामा पहेंलो प्लेटमा कालो, निजी सवारीमा सेतो प्लेटमा कालो अक्षर, सरकारी सवारीमा सेतो प्लेटमा रातो अक्षर, कुटनीतिक सवारीमा सेतो प्लेटमा निलो अक्षर रहने कानुनी व्यवस्था समेत गरिएको छ। त्यसैगरी सबै प्रकारका सवारी साधनहरूको नम्बर प्लेट अगाडि लामो र पछाडि चतुर्भुज आकारको हुन्छ ।

कति पर्छ मूल्यरु

सवारी साधनलार्इ चार भागमा विभाजन गरेर मूल्य निर्धारण गरिएको छ। दुर्इपाङग्रे,तीनपाङग्रे, चार पाङग्रे र ठूला गरी चार भागमा विभाजन गरेर सवारीमा भिन्न भिन्न मूल्य तोकिएको छ।
नम्बर प्लेट जडान गर्न दुर्इपाङग्रेकालागि २ हजार ५ सय, तीन पाङग्रे सवारीकालागि २ हजार ९ सय रुपैयाँ ,चारपाङग्रेकालागि ३ हजार २ सय रुपैयाँ तथा हेभी सवारीसाधनका लागि ३ हजार ६ सय रुपैयाँ तोकिएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...