जिल्ला ट्राफिक कार्यालय कास्कीमा २७ लाख राजश्व संकलन

Mm

पोखरा। जिल्ला ट्राफिक कार्यालय कास्कीले चालु आर्थिक वर्ष २०७४÷७५ को साउन महिनामा सवारी नियम उल्लङ्घन र मादकपदार्थ सेवन गरी सवारीसाधन चलाउने चालकलाई कारबाही गरी २७ लाख ७४ हजार राजश्व संकलन गरेको छ ।

कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब निरीक्षक शिवबहादुर थापाका अनुसार सो अवधिमा मोटरसाइकल, कार–जिप–बस र अन्य गरी ३ हजार ७ सय ५० सवारीसाधनका चालक कारबाहीमा परेका थिए ।

सो अवधिमा सवारीसाधन दुर्घटनामा कमी आएको उनले बताए । साउनमा ९ सवारीसाधन दुर्घटना भएकामा ४ जनाको मृत्यु भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...