विविधतायुक्त संस्कृति मुलुकको मौलिकता : राज्यमन्त्री चन्द

Nar bahadur chand

पोखरा । वाणिज्य राज्यमन्त्री नरबहादुर चन्दले नेपालका विविधतायुक्त संस्कृति मुलुकको मौलिकता भएको बताए ।

सुदूरपश्चिम सम्पर्क एवं विकास समाजद्वारा आयोजित गौरा पर्व महोत्सवको आज पोखरामा उद्घाटन गर्दै उनले हिमालदेखि तराई र पूर्वदेखि पश्चिमसम्म मनाइने प्रत्येक चाडपर्व, रीतिरिवाजले एकआपसमा एकाकार बनाउन मद्दत पु¥याएको बताए ।

नेपालको आर्थिक, सांस्कृतिक र सामाजिकरुपमा विकासमा संस्कृतिको महत्वपूर्ण भूमिका रहेको बताउँदै उनले भने ‘मानव सभ्यताको पहिचानका रुपमा रहेको संस्कृति संरक्षणमा जोड दिनुपर्ने बताए ।’

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख अशोक सिंह, जनप्रतिनिधिमा निर्वाचित राधिका योगी र सामाजसेवी चक्र बोहोरालाई सम्मान गरिएको थियो ।

समाजका अध्यक्ष राजेशकुमार ठकुरी, प्राडा अकल तिमिल्सिना, दामोदर अधिकारी, भानु भण्डारीलगायतले गौरा पर्वको महत्वमाथि प्रकाश पारे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...