दुबईमा दम्पतीको मृत्युपछि परिवार शोकमा  

 

चितवन । वैदेशिक रोजगारीको सिलसिलामा दुबई पुगेका चितवनको रत्ननगर नगरपालिका–६ स्थित बछौलीका ३६ वर्षीय परशुराम सापकोटा र उनकी श्रीमती कल्पनाको मृत्युपछि परिवार शोकमा डुबेको छ ।

अकस्मात् छोरा बुहारीको निधनले परशुरामकी आमा मिसकुमारी सापकोटा अचेत अवस्थामा रहेकी छन भने उनका अन्य परिवार शोकमा परेका छन् ।

परशुराम २ वर्षअघि तथा कल्पना ३ वर्षअघि दुबई काम गर्न गएका थिए । कल्पना जुस उत्पादन कम्पनीमा काम गर्दै आएकी थिइन् । उनीहरु आफ्नै कोठामा शनिबार मृत फेला परेको खबर आएको बुबा मोती सापकोटाले बताए ।

परशुराम झुण्डिएको अवस्थामा फेला परेका थिए भने कल्पना घाँटीमा गम्भीर चोट भएको अवस्थामा मृत फेला परेका थिए । उनीहरुका १० र १४ वर्षका दुई छोरा रहका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...