गुम्बा विहार संघर्ष समितिद्धारा दोस्रो चरणको आन्दोलन घोषणा
काठमाडौं । भूकम्पबाट क्षतिग्रस्त भएका गुम्बा, विहार तथा निजी आवास पुर्ननिर्माण संघर्ष समितिले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।
रिपोर्टर्स क्लब नेपालमा भूकम्प प्रभावित गुम्बा विहार संघर्ष समितिले पत्रकार सम्मेलन गरेर आफ्ना मागहरु प्रति सरकार गम्भिर नभएको भन्दै दोस्रो चरणको आनदोलन घोषणा गरेको हो ।
संघर्ष समितिका संयोजक सानुबाबु लामाले दोस्रो चरणको आन्दोलनबाट सरकारलाई भूकम्पबाट प्रभावित गुम्बा विहारहरुको पूर्ननिर्माण गर्न बाध्य बनाउने चेतावनी दिए ।
उनले भने,‘हामीले दोस्रो चरणको आन्दोलन घोषणा गरी सकेका छौ, सरकार हाम्रा मागहरुप्रति गम्भिर हुनुपर्छ, यदि समयमै सरकार गम्भिर भएन भने, जिल्ला प्रशासन प्रमुख र सम्वन्धित पक्षलाई कालोमोस दल्नेसम्मका कार्यक्रम हुनेछन् ।’
त्यस्तै समितिका सह–संयोजक सोम्वाले तामाङ ‘अक्कल’ले सरकारले दोस्रो चरणको आन्दोलनलाई बेवस्ता गरे यो भन्दा कडा आन्दोलन थालेर सरकारलाई झुकाई छाड्ने चेतावनी दिए ।
उनले भने,‘हाम्रो पहिलो चरणको आन्दोलनबाट मागहरु सम्बोधन भएनन्, सरकारसँगको वार्ताले कुनै पनि निष्कर्ष निकालेन त्यसैले हामीले दोस्रो चरणको आन्दोलनमा उत्रनु प¥यो ।’
घोषित आन्दोलनको कार्यक्रमहरुमा प्रधानमन्त्री कार्यलयलाई ज्ञापन पत्र बुझाउने, भूकम्प प्रभावित २५ वटा जिल्लामा जिल्ला प्रशासन कार्यलयलाई ज्ञापन पत्र बुझाउने लगायतको रहेको छ ।
अक्कलले यदि आफूहरुको माग सुनवाई नभए र ९ सय ९३ प्रभावित गुम्बालाई पूर्ननिर्माणको लागि जम्मा भएको ९ सय करोड वजेटको उचित प्रयोग भएन भने आम हड्तालमा उत्रिने चेतावनी दिए ।
प्रतिकृया दिनुहोस