‘घायल चरी’ मा उदाए सञ्चारकर्मी पवन

Pawan

काठमाडौं । लामो समयदेखि सञ्चार क्षेत्रमा क्रियाशील सञ्चारकर्मी पवन भट्टराई अभिनयतिर लागेका छन् ।

विकास संगम राईको शब्द र स्वरमा रेकर्ड भएको गीत ‘घायल चरी’ एल्बमको टाईटल गीतको म्युजिक भिडियोमा अभिनय गर्दै भट्टराई अभिनयतिर लागेका हुन् ।

मुलधारको पत्रकारितामा लामो समयदेखि सक्रिय भट्टराईले ‘घायल चरी’ सञ्चिता शाहीसँग सिन रोमान्स गरेका छन् । भट्टराई अभिनित गीत ‘घायल चरी’ लाई बुढासुब्बा डिजिटल प्रालिको यूट्यूब च्यानलमार्फत सार्वजनिक गरेको छ ।

आधा दर्जन म्युजिक भिडियोको सफल निर्देशन गरिसकेका निर्देशक आकाश उखेडाले निर्देशन गरेको ‘घायल चरी’ मा निःस्वार्थ मायामा रहेका एक युवकले आफ्नी प्रेमिकाको उज्वल जीवनको लागि आफ्नो आँखा दान गरे पनि प्रेमिकाले प्रेमको महत्व नबुझेको भाव दर्शाइएको छ । सो गीतलाई साजन राईले संगीत गरेका छन् ।  

खोटाङका विकास संगम राई र रिपोर्टर्स क्लव नेपालका कोषाध्यक्षसमेत रहेका सञ्चारकर्मी भट्टराई लगायतका नयाँ टिम नथ्थीवाली बोलको गीतमा पुनः देखिने भएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...