घरमा आगलागी हुँदा ११ लाख भन्दा बढीको क्षति

Aaglagi

सोलुखुम्बु, । सोलुखुम्बु दूधकुण्ड नगरपालिका– ७ च्याल्सामा एउटा घरमा आगलागी हुँदा ११ लाख भन्दा बढीको क्षति भएको छ ।

पासाङ डोमा शेर्पाको घरमा गएराति आगलागी हुँदा घरसहित घरभित्र रहेका सबै सरसामान जलेर नष्ट भएको प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीले जानकारी दिए ।

घरमा एक्लै रहेकी शेर्पा साँझ खाना खाएर आगो ननिभाइ सुतेका कारण राति त्यही चुलोबाट आगो शुरु भएको जनाइएको छ ।

भान्छा कोठाबाट आगलागी शुरु भएको थाहा पाएपछि वृद्धा शेर्पा निस्किएर भागेकाले मानवीय क्षति भने हुन पाएन ।

घरसहित सबै सरसामान नष्ट भएपछि अहिले उनी छिमेकीको घरमा शरण लिएर बसेकी छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...