जलस्रोतविद बास्तोलाले ल्याए ‘जीवन एक खोजी’

21151149 1636995196352659 870334889 n

काठमाडौं । इन्जिनियर तथा वरिष्ठ जलस्रोतविद सूर्यनाथ बास्तोलाको १०औं साहित्यिक कृति ‘जीवन एक खोजी’ बजारमा आएको छ ।

लेखक बास्तोलाका कृतिमा नेपालको जलस्रोतको क्षेत्रमा धेरै नै महत्वपूर्ण कामहरु गरेको, कामको सिलसिलामा विभिन्न देशहरुसँग सन्धि सम्झौता गर्दा आइपरेका समस्या र ती देशहरुको स्वार्थ, नेपालको जलस्रोतमा भारतको दादागिरी, पश्चिमा देशहरुको नेपालप्रतिको धारणा लगायतका विषयमा समाबेश छन् ।

लामो समयसम्म जलस्रोतको विकासमा लागेका बास्तोलाको कृतिमा बास्तोला बंशको उत्पत्ति, योग साधना, रेकी विश्वका प्रमुख धर्महरु, वर्तमान विश्वमा बढिरहेको हत्या हिंसाले जन्माएको समस्या गलायतका बारेमा निकै नै सूक्ष्म किसिमले विश्लेषण गर्दै आगामी दिनमा नेपाल पनि विश्व समाजसँग प्रतिस्पर्धा गर्न सक्ने हुन्छ भन्नेमा आशावादी धारणा यस जीवन एक खोजी कृतिमा समावेश गरेका छन् ।

सो कृतिमा अधिकांस लेख लेखकले भोगेका भोगाई समावश गरिएको छ । लेखकको आफ्नो जीवन भोगाइका साथै आफ्नो कार्यकालमा भएका र आफूले गरेका कामहरुको बारे मा विवरण समेटिनुका साथै जलस्रोतको विषयमा छिमेकी देश भारतले गर्ने गरेको ब्यवहार, नेपालको कर्मचारीतन्त्रको कमजोरी र राजनितिक नेताहरुको स्वार्थका कारण नेपालले गुमाएको अवसर, लेखक स्वयंले २००७ सालको क्रान्तिका लागि गरेको संघर्ष जस्ता कुराहरु समावेश छन् ।

बास्तोलाको सो १० औं कृतिको हालै नेपाल प्रज्ञा प्रतिष्ठानका सभापति गंगा प्रसाद उप्रेतीले विमोचन गरेका थिए भने बास्तोलाको कृतिमाथि प्राज्ञ दिनेशराज पन्त, राष्ट्रवादी साहित्यकार दीर्घराज प्रसाई, साहित्यकार तथा कृतिका सम्पादक भरत विक्रम ढकाल लगायतले जीवनको उद्धरार्धमा समेत यस्तो साहित्यिक कृति रचना गरेर लेखक सूर्यनाथ बास्तोलाले सबैलाई प्रेरणा दिएकोमा प्रसंशा गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...