स्वदेशमै रोजगारमूलक तालीम : राज्यमन्त्री चौधरी

Dilli 1

दाङ, । राज्यमन्त्री डिल्लीबहादुर चौधरीले यहाँका युवालाई सरकारले तालीम दिलाई स्वदेशमै रोजगारी दिने बताए ।

नेपाल नेत्रज्योति संघ दाङ शाखाले आयोजना गरेको कार्यक्रममा राज्यमन्त्री चौधरीले नेपालमा रोजगार नहुँदा लाखौँ युवा विदेश पलायन हुनुपर्ने अवस्था न्युन गरिनेमा जोड दिंदै उनले भने–‘अब नेपालमै युवाले कम्तीमा २५ हजार आम्दानी गर्नसक्ने वातावरण सिर्जना गर्न विभिन्न सीपमूलक तालीम सञ्चालन र उद्योग कलकारखाना विस्तार गर्न सरकार लागेको छ ।’

यसअघि राज्यमन्त्री चौधरीले संघले सञ्चालन गरेको राप्ती आँखा अस्पतालको अवलोकन गरेका थिए । अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत शम्शेर थापाले उनलाई अस्पतालको भौतिकस्थिति र सेवाबारे जानकारी गराए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...