थपलियाद्वारा पत्रकार महासंघलाई प्रोजेक्टर हस्तान्तरण

Fnj logo

चितवन । विगत दुई वर्षदेखि जापानमा रहेका नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व सल्लाहाकार दिनेशकुमार थपलियाले सूचना केन्द्रलाई प्रोजेक्टर हस्तान्तरण गरेका छन् । 


महासंघले आयोजना गरेको कार्यक्रममा थपलियाले महासंघका जिल्ला अध्यक्ष राधेश्याम खतिवडालाई प्रोजेक्टर हस्तान्तरण गरेका हुन् ।


प्रोजेक्टरको बजार मूल्य ४२ हजार पाँच सय रहेको थपलियाले बताउए । जापानमा रहेर साझा चौतारी डटकमसमेत सञ्चालन गर्दै थपलियाले चितवन र नवलपरासीका विभिन्न सञ्चार माध्यम स्थापनामा उल्लेखनीय भूमिका निर्वाह गरेका छन् ।


चितवनबाट प्रकाशित हँुदै आएको कायाकैरन दैनिक, हाम्रो एफएम, कालिका एफएम ,ध्रुवतारा एफएम, क्रिष्टल टेलिभिजन, कावासोतीको रेडियो मध्यविन्दु लगायतका सञ्चार माध्यम सहितको लगानी र सक्रियतामा सञ्चालन हुँदै आएका छन् ।


चौबीस वर्षसम्म नेपाली पत्रकारितामा क्रियाशील थपलियाले आउँदा दिनमा पनि पत्रकार महासंघलाई आफ्नो तर्फबाट सहयोग पु¥याउने बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...