सिन्धुपाल्चोकमा करेन्ट लागेर सेनाको मृत्यु

Current

मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नं १ भोटेचौरमा करेन्ट लागेर नेपाली सेनाका एक जवानको मृत्यु भएको छ ।

अछाम जिल्लाको दुर्गा बक्स गणमा कार्यरत ३० वर्षीय शिवराम चौलागार्इंको आइतबार आफ्नै घरमा विद्युत् चुहिएर घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुंगानाले बताए ।

प्रहरी निरीक्षक ढुंगानाका अनुसार, “चौलागाईंको शव मेलम्चीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा परीक्षण गराई आफन्तलाई जिम्मा लगाइएको थियो ।” शव परीक्षणपश्चात् आफन्तले जिम्मा लिएपछि मेलम्चीमा दाहसंस्कार गरियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...