पत्रकारको न्यूनतम पारिश्रमिक सबै मिडियामा लागू हुन्छ : सञ्चार मन्त्री बस्नेत
काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्ने बताएका छन् । नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई आज सम्मान तथा बधाई ज्ञापन गर्दै मन्त्री बस्नेतले न्यूनतम पारिश्रमिक कार्यान्वयनका लागि मन्त्रालयले ‘मिडिया हाउस’लाई सहयोग गर्ने बताए।
“श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गरेर मिडिया हाउसले सहयोगी भूमिका निर्वाह गर्नुपर्छ र मन्त्रालयले पनि ती मिडिया हाउसलाई सहयोग गर्नुपर्छ”, मन्त्री बस्नेतले भने । मन्त्रालयका अनुसार न्यूनतम पारिश्रमिक कार्यान्वयन भए÷नभएको बारे न्यूनतम पारिश्रमिक निर्धारण समितिले अनुगमन गरिरहेको छ ।
मन्त्री बस्नेतले महासङ्घका संस्थापक सभापतिसमेत रहनुभएका सन्त नेता स्व कृष्णप्रसाद भट्टराईको नाममा आमसञ्चार प्रशिक्षण प्रतिष्ठान जतिसक्दो चाँडो बनाउने पनि जानकारी दिए ।
सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री बस्नेतले संविधान कार्यान्वयनसँगै मुलुकलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउनेतर्फ मिडियाको अत्यन्त महत्वपूर्ण भूमिका हुने बताए ।
सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टले लोकतन्त्रलाई बचाउँदै संस्थागत विकास गर्न सञ्चारजगत्को महत्वपूर्ण भूमिका रहेको छ भने ।महासङ्घका अध्यक्ष गोविन्द आचार्यले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक, नियुक्त पत्र, भौतिक तथा पेशागत सुरक्षा र प्रेस स्वतन्त्रताका कटिबद्ध भएर अगाडि बढ्ने बताए ।
त्यसैगरी नेपाल पत्रकार महासङ्घ, नेपाल टेलिभिजन प्रतिष्ठान शाखाले समेत आज महासङ्घका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई सम्मान तथा बधाई ज्ञापन गरेको छ ।
सम्बन्धित समाचार
लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने
काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...
रास्वपा सभापति रवि लामिछानेलाई थुन्न म्याद थपेको थप्यै, थप १५ दिनको म्याद
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि अनुसन्धानका लागि कास्की ज...
पूर्वमन्त्री पदम राईको काठमाडौंमा निधन
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं पूर्वभौतिक योजना तथा निर...
बाल अधिकार रक्षकहरुको राष्ट्रिय भेला काठमाडौंमा सुरु
काठमाडौं । बाल अधिकार रक्षकहरुको तीनदिने राष्ट्रिय भेला काठमाडौंमा सुरु भएको छ । बाल विवाह रोकथाम...
धान फल्ने खेत मासे, सुन्तला फलाएर लाखौं कमाए
म्याग्दी । १३ वर्षअघि अंश वापत पाएको ५ रोपनी धान फल्ने खेतमा सुन्तलाका बिरुवा रोप्दा बेनी नगरपालि...
मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५ मा एक लाख पर्यटक भित्र्याउने तयारी
खोटाङ । ‘मुन्दुम ट्रेल’ (पदमार्ग) को पर्यटन प्रवर्द्धन गर्न पुस १७ गतेदेखि ‘मुन्दुम ट्रेल भ्रमण व...
काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा
काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...
प्रतिकृया दिनुहोस