जुवा खेल्ने ८२ जनाबाट २० लाख बरामद

Juwa tas

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले २ हप्ताको अवधिमा अवैध जुवा खेलिरहेको अवस्थामा विभिन्न ११ स्थानबाट १३ जना महिलासहित ८२ जनालाई पक्राउ गरेको छ ।

जिप्रकामा आज आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार पोखराको रत्नचोक, महेन्द्रपुल, फूलबारी, शिवचोक, चाउथेचोक, विरौटा, शीतलादेवी, घलेचोक, कालीगण्डकीचोक, भद्रकाली र बेगनासबाट जुवाडे पक्राउ गरिएको हो ।

जिप्रका कास्कीका प्रमुख प्रहरी उपरीक्षक अशोक सिंहले पक्राउ परेकाको साथबाट २० लाख ४२ हजार ८ सय १० बरामद गर्नुको साथै उनीहरुविरुद्ध जुवा ऐन अन्तर्गत मुद्दा दायर गरिएको जानकारी दिए ।

पोखरा लेखनाथ महानगरपालिका–१४ चाउथेबाट शनिबार फेनरागन ७० थान, डाइजापाम ७० थान र बुफ्रिनर्पिmन ७० थान लागुऔषधसहित सोही स्थानका कृष्णबहादुर विक, दिलीप तामाङ र सुनिल विकलाई पक्राउ गरी आवश्यक कारबाही शुरु गरिएको पनि उनले जानकारी दिए ।

उनले जिप्रकाबाट अघि सारिएका अपराध नियन्त्रण तथा रोकथाम, अवैध लागुऔषध कारोबार रोकथाम तथा नियन्त्रण, चोरी, तस्करी, कालोबजारी तथा अवैध मदिरा नियन्त्रण, प्रविधिमैत्री प्रहरी सेवा, सुरक्षित एवं अपराधमुक्त जिल्लाको निर्माण जस्ता विभिन्न १५ वटा कार्ययोजनाको पनि सार्वजनिक गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...