सञ्चारमन्त्री बस्नेतद्वारा छड्के निरीक्षण

Uml  w

काठमाडौ। सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले आज मातहतका कार्यालयहरुको छड्के निरीक्षण गरे ।

मन्त्री बस्नेत गोरखापत्र संस्थान र नेपाल दूरसञ्चार प्राधिकरणको केन्द्रीय कार्यालय पुग्नुहुँदा कार्यालय प्रमुखका साथै अन्य कर्मचारी कार्यालय समयमा उपस्थित भएको देखिएन ।

संस्थानका अध्यक्ष र निमित्त महाप्रबन्धक उपस्थित थिए । मन्त्री बस्नेतले आवश्यक कारबाहीका लागि भनेर संस्थानका सबै हाजिरी पुस्तिका आफैसँग मन्त्रालय लिएर गएका थिए ।

नेपाल दूरसञ्चार प्राधिकरणको कमलादीस्थित कार्यालयको पनि छड्के निरीक्षण गरे। मन्त्री बस्नेत बिहान १०:४५ बजे प्राधिकरणको कार्यालय पुग्दा अध्यक्ष कार्यालयमा भेटिनुभएन भने सो कार्यालयका जम्मा ५८ कर्मचारीमध्ये ४३ जना मात्रै उपस्थित भएको पाइयो ।

मन्त्री बस्नेतले कर्मचारी कार्यालयमा आइसक्नुपर्ने समयभित्र पनि सबै कर्मचारी आइनपुगेको देखेपछि प्राधिकरण कार्यालयको विद्युतीय हाजिरी मेसिनमा टेप टाँसेर तत्काल हाजिरी रोक्न निर्देशन दिए। हाजिरी विवरण पनि उनले आफूसँगै लिएर गए ।

छड्के निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री बस्नेतले आफूले मातहतका कार्यालयमा कर्मचारी समयमा नआउने र जनताका काममा ढिलासुस्ती हुने गरेको गुनासाका आधारमा सत्यतथ्य पत्ता लगाउन निरीक्षणमा निक्लेको जानकारी दिए।

समयमा कार्यालय नआउने र काममा ढिलासुस्ती गर्ने कर्मचारीलाई कानुनी व्यवस्थाअनुसार आवश्यक कारबाही हुन्छ । मातहतका कार्यालयमा कार्यरत जनशक्तिलाई भविष्यमा राम्रो नतिजा निकाल्ने गरी कार्यसम्पादन गर्न लगाउने उद्देश्यले निरीक्षण थालिएको उनको भनाइ थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...