निःशुल्क कानूनी सेवा लिन आएनन् महिला

Aaawww

काठमाण्डौं। सरकारले निमुखा, गरिब महिलाको लागि निःशुल्क कानूनी सेवा लिन सकिने व्यवस्था गरेको भए पनि यहाँ भने सो सेवा लिने महिलाको संख्या निकै कम देखिएको छ ।

गत आवमा दर्ता भएका २२७ सम्बन्धविच्छेदका मुद्दामध्ये कानूनी सेवा लिएर दर्ता भएका मुद्दा सात मात्र रहेको बताइएको छ । अघिल्लो आवमा १० जनाले सो सेवा लिएकामा गत आवमा भने घटेको देखिएको छ ।

झन्झटिलो प्रक्रियाका कारण फैसला हुन लामो समय लाग्ने भएका कारण पनि महिलाहरु थाहा भएर पनि सेवा लिन इच्छुक नभएको हुन सक्ने महिला तथा बालबालिका कार्यालयका महिला विकास निरीक्षक सुशीला पन्तले बताउए ।

पारालिगल कमिटी, गाविस, महिला तथा बालबालिका कार्याल सरकारी वकिल हुँदै लेखापढीका लागि कानून व्यवसायीसम्म आउनुपर्ने लामो र झण्झटिलो प्रक्रिया रहेका कारण पनि सेवाप्रति आकर्षण नभएको हुन सक्ने बताउए ।

प्रक्रिया झण्झटिलो हुनाका साथै बजेटसमेत सीमित भएका कारण चाहेर पनि सबै पीडितले सेवा लिन नसकिरहेको महिला मानवअधिकार रक्षक सञ्जाल रोल्पाका अध्यक्ष तीर्था आचार्यले बताए । सेवाको प्रभावकारिता र आकर्षणका लागि सचेतीकरण तथा प्रचारप्रसारको जरुरी रहेको आचार्यको भनाइ छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...