फिल्मि शैलिमा दिल्लीमा बेचिएकी चेलीको ग्राहकले गरे उद्धार

Raped 310x165

काठमाडौँ । वैवाहिक घरजम गरेर सुन्दर भविष्य बनाउने सपनाको प्रलोभनमा परी २ वर्षअघि गाउँकै भाउजुले चिनाइदिएको युवकसँग भाग्दा भारतको नयाँ दिल्लीस्थित १ कोठीमा बेचिएकी युवती नेपाल फर्किन सफल भएकी छिन् ।

दिल्लीमा आफ्नी दिदीसँग मिलेर व्यापार गरिरहेको र उतै घरजम गर्ने भनी युवासँग नेपालगञ्ज हुँदै दिल्ली पु¥याइएकी ती किशोरी दिल्ली पुगेको अर्कोदिन त्यहीँ छाडेर युवक बेपत्ताा भएका थिए ।

बाबुआमाले स्कुल पढ्दापढ्दै विवाह गरिदिएपछि माइतै बसेर पडिरहेकी उनले माइतीमै एसएलसी गरेकी थिइन् । सोहीबेला उनी नाताले भाउजु पर्ने गाउँकै सिता नेपालीसँग सम्पर्कमा आइन् ।

सोहीक्रममा सितामार्फत नजिकिएका निरकुमार नेपालीले किशोरीलाई ललाईफकाई बिहे गर्ने बहानामा दिल्ली पु¥याएका थिए ।

दिल्लीमा निरकुमारले उनलाई १ लाख ३५ हजार रुपैयाँमा बेचेका थिए । जबर्जस्ती वेश्यावृत्ति गर्न बाध्य रहेकी उनले नियमित ग्राहक बनेर आएका एक भारतीय युवकमार्फत घरका अभिभावकलाई सम्पर्क गरी आफू दिल्लीको वेश्यालयमा पुगेको जानकारी दिएकी थिइन् ।

आफूसँग नजिकिएका युवक दिन प्रतिदिन नजिकिँदै गएपछि उनी ती युवकको सहयोगमा वेश्यालयबाट निस्कन सफल भएकी थिइन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...