धनकुटाको ग्रामिण बजारमा टेलिफोन सेवा विस्तार गर्न माग

Bijaya 9

काठमाडौं । मोफसलका संचार संस्थाहरुलाई सहयोग गर्न र धनकुटाको ग्रामिण क्षेत्रमा टेलिफोन सेवा बिस्तार गर्न सञ्चार मन्त्री मोहनबहादुर बस्नेतसँग धनकुटेलीले माग गरेका छन् ।

धनकुटाबाट आएको एक प्रतिनिधिमण्डलले सञ्चार मन्त्री बस्नेतलाई भेटी लाई भेटी जिल्लाका ग्रामिण क्षेत्रमा टेलिफोनको सुविधा नभएकाले सो सेवा उपलब्ध गराउन माग गरेको हो ।

सो टोलीले धनकुटा नगरपालिका वडा नं. ५ को तल्लो कोप्चे, चौविसे गाउँपालिकाको राजारानी, छ नं. बुधवारे, टोक्रोम्बा बजार, महालक्ष्मी नगरपालिकाको रामबजार र सान्नेटार, लेगुवाको गुठ क्षेत्रमा मोवाईल फोनसमेत नटिप्ने गरेकोले ती क्षेत्रहरुमा एविटावर राख्न मन्त्री बस्नेतको ध्यानाकर्षण गराएको छ ।

मन्त्री बस्नेतलाई नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई, नेपाल पत्रकार महासंघ धनकुटाका सभापति राजेश्वरबहादुर श्रेष्ठ, नेपाली कांग्रेस धनकुटा–काठमाडौ सम्पर्क समितिका सभापति भीमबहादुर थापा लगायतले मोफसलका पत्रपत्रिका र एफएमहरुलाई अनुदान सहयोग गर्न माग गरेको थियो ।

धनकुटाको सागुरीगढीको भेडेटारस्थित नाम्जे, खाल्सा छिन्ताङ सहिदभूमी गाउपालिकाको आखिसल्लाको थलथले बजार, चौबिसे गाउँँपालिकाको राजारानी, मौनाबुधुक, छ नं. बुधवारे, टोक्रोम्बा बजार, महालक्ष्मी नगरपालिकाको रामबजारमा लेनलाईन टोलिफोनको विस्तार गर्न पनि माग गरेको छ ।

यो एक्काइसौं सताव्दी सञ्चारको सताव्दी भनिए पनि धनकुटाको अघिकांस ग्रामिण भेगमा लेनलाईन टेलिफोनको सुविधा छैन । सो क्षेत्रहरुमा लेनलाईन टेलिफोन सुविधा नभएपछि मोवाइल फोन कै भर छ । त्यसमा पनि नेपाल टेलिकमको टावरले राम्रोसँग काम नगर्दा नीजि क्षेत्रको मोवाइल कम्पनी एनसेल चलाउन बाध्य छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...