तीज धमाकामा छमछमी नाचे जापानमा बस्ने नेपाली

Japan teej

काठमाडौं । जापान नेपाली एकता समाजले तीज धमाका २०७४’ सम्पन्न भएको छ । जापानको टोकियोमा बुधबार र ओसकामा विहीबार भव्य रुपमा मनाएका छन् ।

उनीहरुले नेपाली कला र संस्कृतिको जगेर्नाका लागि जापानमा बसेर पनि सहयोग गर्दै आएका छन् । त्यही सिलशीलामा दुई स्थानमा तीज धमाका गरिएको थियो । जापान नेपाली एकता समाजले नेपालमा भएको बाढीपीडितको सहयोगका लागि तीज धमाकाको आयोजना गरेको थियो ।

सो कार्यक्रममा जनगायिका निलिमा पुन, चर्चित लोक गायिका मन्जु पौडेल, उदयमान लोक गायक तेजेस रेग्मीलगायत जापानमा बस्दै आएका नेपाली कलाकारहरुले आफ्ना गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

नेपाली एकता समाजका टोकियोका प्रचार प्रसार संयोजक शिव शर्माका अनुसार टोकियो र ओसकामा गरी झण्डै एक हजार नेपाली सहभागी भएका थिए । जापानमा बस्दै आएका नेपालीलाई कलाकारहरुले आफ्ना प्रस्तुतीले छमछमी नाच्न बाध्य बनाएको थियो ।

सो कार्यक्रममा जापान नेपाली एकता समाजका अध्यक्ष यमलाल सापकोटा, समाजकै बिस्णु केसी लगायतले पछिल्ला समयमा तीज कार्यक्रम भड्किला बन्दै गएकोमा चिन्ता व्यक्त गरेका थिए । उनीहरुले विदेशमा रहेर पनि नेपाली मौलिक कला र संस्कृतिको जगेर्नामा लागिपरेको बताए ।

जापानमा रहेका नेपालीले नेपालीमाथि आइपर्ने आपतकालीन समस्या समाधान गर्न र तराईका आएको बाढीपीडितलाई राहत दिन जापान नेपाली एकता समाजले राहतको कोषको सहयोगार्थ ‘तीज धमाका २०१७’ को आयोजना गरेको ओसकाका प्रचार प्रसार संयोजक मेघराज सापकोटाले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको उत्तरपानीमा आगलागी हुँदा ११ करोडको क्षति

Uttarpani aagolagi

धनकुटा । धनकुटाको पाख्रिवास नगरपालिका वडा नं. ९ उत्तरपानीमा एक घरमा आगालागी हुँदा ११ करोड ६ लाख ब...