सेनाको गोलीले सल्लाको फक्लेटा निस्किदाँ पनि भागेर बाँचे : गृहराज्य मन्त्री
काठमाडौँ । नेकपा माओवादी केन्द्रबाट गृहराज्य मन्त्री बनेका श्यामकुमार श्रेष्ठ ‘कुशल’ रामेछाप जिल्ला साबिकको गेलु गाविस हाल मन्थली नगरपालिकामा वडा नं. ११ मा २०२८ पुस १ गते बुबा तिर्थदास श्रेष्ठ र आमा कष्टमाया श्रेष्ठको कोखबाट जन्मिएका हुन् ।
सानैदेखि विद्रोही स्वभावका मन्त्री श्रेष्ठले २०४३ सालबाट मसालबाट राजनीति यात्रा सुरु गरेका थिए ।
मसालबाट रामेछाप जिल्लाको विद्यार्थी संगठनमा काम गर्दै २०४७ सालमा दयानारायण श्रेष्ठबाट पार्टी सदस्यता लिएका उनले २०४८ को एकता महाधिवशेनपछि जिल्ला कार्य समिति रामेछापको सदस्य भएका थिए ।
पार्टीको बैठक राख्न जाने क्रममा २०५९ रामेछापको कुखुरे आहल कालपानी जङगलमा सेनासँग जम्काभेट हुँदा कुहिरोको कारण ज्यान जोगाउन सफल भएको बताउदै उनले भने ‘गोलीको कारण सल्लाको रुखको फक्लेटा निस्किएको थियो, तर पनि भागेर ज्यान बचाउन सफल भए ।’
कुहिरो नलागेको भए बाच्ने कुनै आश नै थिएन, प्रकृतिले पनि कहिलेकाँही साथ दिदो रहेछ ।
जनयुद्धको समयमा दर्जनौ मोर्चामा सहभागी भएका उनले ५ वटा घटनामा भने मृत्युको मुखमा पुगेर पनि बाँचेको बताए ।
एम्बुस छलेर बाँचेको त्यो क्षण सम्झिँदा कहाली लागेर आउँछ । मन्थली हान्न अध्ययन गर्न जाँदा सेनाको मुखबाट जोगियौं ।
जनयुद्धको समयमा पार्टीले २०५९ मा रामेछापको सदरमुकाम मन्थली हाल्ने योजना पार्टीले बनाएको थियो । सोही योजना अनुसार बर्षमान पुन, सुन्तु दराई र आफू मन्थलीको अध्ययनको लागि गएको स्मरण ताजै छ ।
चिसापानीबाट अध्ययन गरेर मुगिटारसम्म आइपुग्दा सिभिलमा रहेका सेनाहरुले घेरा हालेपछि उम्किन सफल भएका ‘हामी अध्ययन सकेर मुगिटार पुगेका थियौ, सिभिलमा रहेका सेनाहरुले घेरा हालिसकेका थिए,थोरै बुद्धि नपु¥याएको भए हामी त्यही सिधिन्थ्यौ’, ‘त्रिवेणी तर्फ लागेर बाँच्न सफल भयौं ।’
२०६० सालमा सैलुङ्गमा पार्टीको काम सकेर कोसीपारी जाने क्रममा रामेछापको भोटनागी डाँडामा सेनाले बाटोमा एम्बुस विच्छाएको रहेछ । हामी आरोलो लाग्ने बाटोमा २० मिटर नजिकै एम्बुस विष्फोट भयो ।
‘आँखा अगाडि नै एम्बुस विस्फोट भएपछि के गर्ने कता जाने एक क्षण त केही पनि सोच्न सकिएन, नजिकै सेनाले निशाना बनाएको देखेपछि बाचिन्छ जस्तो लागेको थिएन’, ‘हामीले सकेट बम प्रहार गरेर उकालो नै भाग्यौ, सडक भन्दा माथि भाग्न सफल भएकाले बाँचियो ।
२०५१ साल फागुनबाट माओवादीले जनयुद्ध सुरु गरेपछि २०५६ सालसम्म अर्धभूमिगत रुपमा काम गर्दै २०५७ सालमा नेकपा माओवादीको पूर्णकालिन सदस्य हुँदै पूर्वी कमाण्ड अन्तर्गत रामेछाप–काभ्रेको सव–एरियाको सेक्रटरीको जिम्मेवारीमा रहेर काम गरका थिए ।
२०५८ सालमा माओवादीको रामेछापको जिल्ला कार्यससमिति सदस्य हुँदै २०५९ मा प्राविधिक कमाण्डको इन्चार्ज भएका श्रेष्ठ २०६० मा रामेछाप–काभ्रे जिल्लाको ईकाला सेक्रेटरीको जिम्मेवारीमा रहेर पनि काम गर्ने अवसरउनको लागि निकै चुनौती पुर्ण थियो ।
२०६१ देखि चुनवाङ बैठकसम्म रामेछाप जिल्लाको सेक्रेटरी हुँदै त्यसपछि २०६६ साल सम्म विशेष केन्द्रीय कमाण्डको कार्यालय सचिवको जिम्मेवारीमा रहेर काम गरेका थिए । साथै ०६६ बाट नै पुनः रामेछापको सेक्रेटरीको रुपमा काम गर्ने मौका जुटेको थियो उनलाई ।
२०६८ देखि २०७० सम्म रामेछापमा संगठन विभाग प्रमुखको रुपमा काम गर्दै २०७० सालका दोस्रो संविधानसभा निर्वाचनबाट नेकपा माओवादी केन्द्रबाट रामेछापबाट प्रत्यक्ष रुपमा निर्वाचित भएका थिए । संसदीय फाँटको जिम्मेवारीमा रहेर काम गरिरहेएका श्रेष्ठ व्यवस्थापिका सांसदको उद्योग वाणिज्य आर्पूित तथा उपभोक्ता हित सम्बन्ध समितिको सदस्य समेत थिए ।
२०७२ मा पार्टीको केन्द्रीय कमिटीको सदस्य रहेका उनी २०७३ मा पार्टीको पोलिटब्यूरो सदस्य समेत थिए । स्थानीय तहको निर्वाचनमा रामेछापको निर्वाचन परिचालन समितिका संयोजक भएर काम गरे ।
संविधानसभा निर्वाचनमा निर्वाचित भएपनि रामेछापको विकास निर्माणमा भूमिका खेलेका श्रेष्ठले आगामी दिनमा पनि देश र जनतालाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
प्रतिकृया दिनुहोस