विद्युतीय एम्बुस थापेर जंगली हात्ती मारे

Images 234

भीमदत्तनगर । कञ्चनपुरको पुनर्वास नगरपालिका १० नौरगांस्थित नमुना सामुदायिक वनमा गएराति तस्करको समूहले विद्युतीय एम्बुस थापेर एक जंगली हात्ती मारेका छन् ।

जिल्ला वन कार्यालयका निमित्त वन अधिकृत वीरबहादुर ठगुन्नाले सामुदायिक वनभित्र तस्करको समूहले हात्ती मारेको पुष्टी गर्दै भने, ‘‘प्रारम्भिक जानकारीअनुसार तस्करले बँदेल मार्न विद्युतीय एम्बुस थापेको जस्तो देखिन्छ तर सो एम्बुसमा भाले हात्ती परेर मरेको आज बिहान थाहा भयो ।”

हात्ती मारेको खबरपछि भीमदत्तनगरबाट जिल्ला वन कार्यालयको टोली पुनर्वास पुगेर अनुसन्धान गरिरहेको छ । अहिले चिकित्सकको टोलीले हात्तीको परीक्षण गरिरहेको र यसको विशेष अनुसन्धानका साथ वन्यजन्तु तस्कर समूहको पनि खोजीकार्य भइरहेको उनले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...