आवास कार्यक्रमअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटामा ४५ घर निर्माण

कञ्चनपुर। जनता आवास कार्यक्रमअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा बसोबास गर्दै आएका दलित समुदायका ४५ वटा घर निर्माणको कार्य सम्पन्न भएको छ ।

शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनगढीले यहाँ बसोबास गर्दै आएका दलित समुदायका घर निर्माणको कार्य गरेको हो ।

स्वीकृत डिजाइन र स्फेसिफिकेसन बमोजिम कार्यविधि २०७३ मा रहेका प्रावधान पालना गरी सर्भेक्षण फाराम भरेका दलित समुदाय घर निर्माणका लागि छनोटमा परेका ४९ मध्ये ४५ जनाको घर निर्माणको कार्य गरिएको निर्माण समितिका संयोजक पुष्कर महरले बताए।

घर निर्माणका लागि दलित समुदायका एकल महिला, अतिविपन्न, अपांगता र असहायलाई पहिलो प्राथमिकतामा राखी छनोट गरी घर निर्माणको कार्य गरिएको छ । प्रत्येक घर निर्माणका लागि दुई लाख १५ हजार २३९ रकम खर्च गरिएको छ ।

जिल्ला समन्वय समिति कञ्चनपुरको गत पुस ३ गतेको निर्णयअनुसार यहाँका नौवटै स्थानीय तहमा घर निर्माणका लागि कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको थियो । कञ्चनपुरमा जनता आवास कार्यक्रमअन्तर्गत ५०० घर निर्माण भइरहेका छन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...