राजपाले शुक्रबारदेखि उम्मेदवार चयन गर्ने

Rjpn 3

काठमाडौं । राष्ट्रिय जनता पार्टी असोज २ गते २ नम्बर प्रदेशमा हुने स्थानीय तहको चुनावका लागि भोलि शुक्रबारदेखि उम्मेदवार चयन सुरु गर्ने भएको छ ।

बिहीबार सकिएको पदाधिकारी बैठकको निर्णय सार्वजनिक गर्दै राजपाले चुनावका लागि १३ गतेभित्र पार्टीका तल्ला निकायलाई भनेको जानकारी दिएको हो ।संविधान संशोधन नभइ चुनावमा नजाने अडान राख्दै राजपा संशोधन विधेयक फेल भएपछि त्यही मुद्दा लिएर चुनावमा जान तयार भएको छ ।
पार्टी निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष महन्थ ठाकुरले ९० प्रतिशत जनताले समर्थन गरेको संविधान संशोधन गर्ने पक्षमा ६४ प्रतिशत सांसद उभिनु आफूहरुको जित भएको बताउनुभयो ।

उम्मेदवार चयनका लागि सप्तरीमा नरसिंह चौधरी, सिरहामा गजाधर यादव, महोत्तरीमा गोविन्द चौधरी, धनुषामा अरुण सिंह, सर्लाहीमा शेखर सिंह, रौतहटमा सत्यनारायण मण्डल, बारामा मालामती राना थारु र पर्सामा विजय गुप्तालाई खटाइएको छ । राजपाले स्थानीय चुनावमा साइकल चिन्ह लिने भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...