पुल बगाउँदा सवारी आवागमन बन्द

Pul bagauda

रसुवा । गएरातिको वर्षाले पुल बगाउँदा सिम्ले–भोर्ले खण्डको सवारी आवागमन बन्द भएको छ ।

कालिका गाउँपालिका प्रमुख सीताकुमारी पौडेलका अनुसार कालिका गाउँपालिका–४ धोबीखोलामा पुल बगाउँदा सिम्ले–अम्बाबास र सस्र्युँ क्षेत्रमा सवारी आवागमन बन्द भएको सो स्थानमा पैदल यात्राका लागि अस्थायी काठको फड्के बनाउने कार्य अगाडि बढाइएको छ ।

ठाडोखोलाको बाढीले मोटरेबल पक्की पुल बगाउनाका साथै त्यस क्षेत्रका सयौँ हेक्टर धानखेती बगाएको जानकारी पाइएकाले क्षतिको विवरण यकिन गर्न प्रहरी परिचालन गरिएको इलाका प्रहरी चौकी कालिकास्थानका प्रहरी निरीक्षक सानुबाबु भण्डारीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...