विमानस्थलको ठेक्का तोड्ने सुरमा प्राधिकरण

चिनियाँ ठेकेदारलाई कार्यशैली सुधार्न डेढ महिनाको म्याद

Gautam buddha international airport 4  jpj

काठमाडौं। भैरहवा विमानस्थलको काम सन्तोषजनक रुपमा अघि नबढेपछि नागरिक उड्डयन प्राधिकरण चिनियाँ ठेकेदार नर्थ वेष्ट सिभिल एभिएसनसँग ठेक्का तोड्ने मुडमा पुगेको छ ।

सन् २०१७ को अन्त्यसम्म निर्माण सम्पन्न गर्ने गरी विमानस्थलको काम सुरु भएको थियो । पछिल्लो केही समयदेखि चिनियाँ कम्पनी आफैले गरिरहेको छ । तर पनि सन्तोषजनक काम नभएको अधिकारीहरु बताउँछन् ।

समयमै निर्माण हुन नसक्ने देखेपछि सरकारले सन् २०१८ मा सक्ने नयाँ लक्ष्य निर्धारण गरेको छ । तर, कामको गति हेर्दा सन् २०१८ मा पनि सम्पन्न हुने देखिँदैन । हिलेसम्म भैरहवा विमानस्थलको जम्मा ३० प्रतिशत मात्रै काम भएको छ ।

चिनियाँ कम्पनी र सब कन्ट्रयाक्टर नेपाल इन्फ्रा बिचको विवादले नै लामो समय काम अघि बढ्न सकेन । चिनियाँ कम्पनीले नेपाल इन्फ्रासँगको सम्बन्ध तोडेको थियो । चिनियाँ कम्पनी र नेपाल इन्फ्राबिच रकम लेनदेनको विषयमा विवाद उत्पन्न भएको थियो ।

ठेक्का नै धरापमा पर्ने देखेपछि यसले नेपाल इन्फ्रासँगको ठेक्का तोडेर पछिल्लो पाँच महिनादेखि एक्लै काम गर्न थालेको हो । चिनियाँ कम्पनीले भौतिक प्रगति मासिक ६ प्रतिशतले गर्नुपर्ने हो तर, अहिले यसले ०।५ प्रतिशतका दरले मात्र काम गरिररहेको छ ।

गौतमबुद्ध विमानस्थललाई स्तरोन्नती गरी अन्तर्राष्ट्रिय स्तरको बनाउन चिनियाँ कम्पनीलाई ६ अर्ब २२ करोड ५१ लाख रुपैयाँमा जिम्मा दिइएको थियो । यो एसियाली विकास बैंक एडीबी को ऋण सहयोगमा सुरु भएको आयोजना हो ।

चिनियाँ कम्पनीसँग ठेक्का तोडे पनि एडीबीको लगानी निरन्तर हुने दाबी नागरिक उड्डयन प्राधिकरणको छ । ‘ठेक्का तोडे पनि लगानी निरन्तर रहन्छ ।’एसियाली बिकास बैंक एडीबी भने यसमा ठेक्का तोड्न कुनै सुझाव नदिएको बताउँछ ।

एडीबीको बाह्य सम्वन्ध अधिकृत बिनिता खड्काले भनिन्, ‘नोटिस् टु करेक्टका लागि हामीले कुनै सुझाव दिएका छैनौं, साथै ठेक्का तोड्ने बिषयमा पनि अहिले हामीले कुनै सुझाव दिएका छैनौं ।’

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...