धुर्मुस–सुन्तुली फाउण्डेशनद्वारा ६० जनालाई राहत

Dhurmus29

राजविराज । सप्तरीमा हालै आएको बाढीका कारण प्रभावित ६० जना अपाङ्गता भएका व्यक्तिलाई धुर्मुस–सन्तुुली फाउण्डेशनले विहिबार राहत वितरण गरेको छ ।

धुर्मुस–सुन्तली फाउण्डेशनको सहयोग तथा समावेशी अपाङ्ग सङ्घ, सप्तरीले बिहीबार राजविराजमा आयोजना गरेको राहत वितरण कार्यक्रममा जिल्लाभरि बाढीबाट प्रभावित भएका ६० जना अपाङ्ग व्यक्तिलाई खाद्यान्न सामग्रीसहित राहत वितरण गरिएको सङ्घका अध्यक्ष सतिशचन्द्र झाले जानकारी दिए ।

सो संस्थाले उपलब्ध गराएको डस्ना, तन्ना, ब्ल्याङ्केट र ३० केजीका दरले चामल, २ केजी दाल, २ केजी खानेतेल, एक कार्टुन चाउचाउ, दाँत माझ्ने मञ्जन तथा पेस्ट लगायतका सामग्री उनीहरुलाई वितरण गरिएको बताइएको छ ।

खाँडो नदीसहित विभिन्न खोलाको बाढीबाट जिल्लाको अतिप्रभावित रम्पुरामल्हनिया, कोइलाडी बर्साइन, मलेठ, कनकटा, मानराजा, बनरझुला लगायतका ठाउँमा रहेका अपाङ्गता भएका व्यक्तिलाई सो राहत वितरण गरिएको धुर्मुस–सुन्तली फाउण्डेशनले जनाएको छ ।

धुर्मुस–सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कटृेलले तराई–मधेशका विभिन्न जिल्लामा बाढीपीडितलाई राहत बाँड्दै बिहीबार सप्तरी आइपुगेका हुन ।

जिल्लामा रहेका ६ दृष्टिविहीन, ६ बहिरा, ८ बौद्धिक अपाङ्ग र सुस्तः मनस्थिति भएका व्यक्ति र शारीरिक अपाङ्गता भएका ४० जनालाई राहत वितरण गरिएको समावेशी अपाङ्ग सङ्घ, सप्तरीले जनाएको छ । –

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...