चट्याङ लागेर एकको मृत्यु

बनेपा। काभ्रेपलाञ्चोकको चौरीदेउराली ४ धुसेनि शिवालयमा चट्याङ लागेर एक जनाको बिहीबार घटनास्थलमा नै मृत्यु भएको छ  ।

घरमा बसिरहेको अवस्थामा १५ वर्षीय रविन विकलाई चट्याङ लाग्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, धुलिखेलका प्रहरी नायब उपरीक्षक महेन्द्र मरासिनीले जानकारी दिए ।

चट्याङका कारण जिल्लाको महाभारत गाउँपालिका लगायतका क्षेत्रमा ठूलो जनधनको क्षति हुँदै आएको छ । आर्थिक वर्ष २०७३/७४ मा चट्याङबाट दुईजनाको मृत्यु भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...