परिवर्तनमा पत्रकारको भुमिका उच्च : सिंह

Samman masal

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी मसालका महामन्त्री मोहनबिक्रम सिंहले नेपाली पत्रकारिताले नेपालको राजनीतिक परिवर्तनमा खेलेको भुमिकाको उच्च प्रशंसा गरेका छन् ।

नेपाल पत्रकार महासंघको २५ औं महाधिवेसनबाट निर्वाचित पदाधिकारीको सम्मानमा विहीबार बिहान आयोजित कार्यक्रममा महामन्त्री सिंहले नेपालको राजनीतिक परिवर्तनमा पत्रकारीता जगतले खेलेको भुमिकालाई कसैले बिर्सन नहुने बताए ।

‘अबको महासंघले व्यवसायीक पत्रकारितामा जोड दिनुपर्छ’, उनले भने ‘साथै पत्रकारितालाई विचारसँग पनि जोडेर लैजानुपर्छ । किनकी नेपालमा वैचारिकस्तर उकास्न जरुरी छ ।’ महामन्त्री सिंहले निर्वाचनमा हार जित जसको भए पनि सबैलाई मिलाएर लैजान सुझाव दिए ।

सो कार्यक्रममा नवनिर्वाचित गोबिन्द आचार्यले नेपालका कम्युनिष्ट धरोहरसँग आशिर्वाद थाप्न पाउँदा आफैंलाई गर्व लागेको बताए । उनले अबको महासंघमा विना पूर्वाग्रह काम गर्ने प्रतिवद्धता जनाएका थिए ।

सो कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, जनमोर्चाकै अर्का प्रभावशाली नेता कृष्ण अधिकारी, प्रगतिशील पत्रकार संघका अध्यक्ष नारायण शर्मा लगायतले नवनिर्वाचित समितिलाई बधाई दिँदै पत्रकारहरुको हितका लागि डटेर लाग्न सुझाव दिएका थिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...