बाढी प्रभावित क्षेत्रमा सहयोग गर्न नेपाल रेडक्रसको अन्तर्राष्ट्रिय अपिल

काठमाडौं। नेपाल रेडक्रस सोसाइटीले बाढी प्रभावित क्षेत्रमा तयारी खाना, अस्थायी आवास निर्माण, पुनः निर्माण, स्वास्थ्य, खानेपानी र सरसफाइजस्ता क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोग गर्न अपिल गरेको छ ।

गत हप्ताको बाढी तथा पहिरोले तराईका प्रत्यक्ष रुपमा १५ लाख जनसङ्ख्या अति प्रभावित भएको जनाउँदै सोसाइटीले आफ्नो सहयोगलाई तीव्र बनाएको जनाएको छ ।

सोसाइटीका अध्यक्ष सञ्जीव थापाले बाढी तथा पहिरोले प्रारम्भिक रुपमा १५ लाख जनसङ्ख्या प्रभावित भएको द्रुत सर्वेक्षणले देखाएको जानकारी दिँदै तीमध्ये ८१ हजार पीडितलाई तत्कालीन तथा अल्पकालीन सहयोग गर्ने योजना रहेको बताउए ।

अहिलेसम्म तीन हजार ७६६ परिवारलाई गैरखाद्य सामग्री सेट, पाँच हजार ७५३ परिवारलाई त्रिपाल, ४१ हजार ८०० लाई खाद्यान्न, दुई हजार ५०० झूल, एक हजार ८०० जनालाई ओछ्याउने सामग्री वितरण, स्वास्थ्य र सरसफाइका लागि १८ हजार ६०० जीवनजल प्याकेट, पानी शुद्धीकरण ट्याबलेट तथा साबुनसमेत वितरण गरिसकिएको छ ।

बाढी प्रभावित क्षेत्रमा हालसम्म केन्द्रीय तथा क्षेत्रीय गोदामबाट करिब आठ करोड चलिस लाख बराबरको सामग्री वितरण भइसकेको सोसाइटीले जनाएको छ ।

बाढीपीडितलाई त्रिपाल, कम्मल, लगाउने लुगा, भान्साका सामग्रीलगायत अन्य सामग्री वितरण, स्वास्थ्य र सफाइका बारेमा सचेतना कार्यक्रमसमेत तीव्र बनाइएको रेडक्रसले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...