सुनसरीका मृतक परिवारलाई राहत प्रदान

20882393 1902854569977122 7126739207867485521 n 810x456

इनरुवा । जिल्ला प्रशासन कार्यालय सुनसरीले एक साता अगाडि आएको बाढीका कारण ज्यान गुमाएका मृतकका परिवारलाई राहत रकम उपलब्ध गराएको छ ।

प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीसहितको टोलीले मृतकका परिवारलाई भेटेर सरकारी राहतबापतको नगद २ लाख उपलब्ध गराएको हो ।

सुनसरी प्रशासनले बाढीका कारण ज्यान गुमाउने इटहरीका आशादेवी राई, चन्दा तामाङ, सुनिता धिमाल, ईश्वर सुनुवारसहित बराह नगरपालिकाका मृतक मनु श्रेष्ठ र भोक्राहाका उपेन्द्र मण्डलको परिवारलाई राहतबापतको क्षतिपूर्ति रकम उपलब्ध गराएको हो ।

बाढीका कारण सुनसरीमा १२ जनाले ज्यान गुमाएका थिए । १२ जना ज्यान गुमाएकामध्ये अहिले ६ जनालाई राहत रकम वितरण गरेको र बाँकी मृतकका परिवारलाई पनि रकम उपलब्ध गराइने प्रजिअ पराजुलीले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...