ओबोरबारे छलफल

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र नेपालका लागि चिनियाँ राजदूत यू होङबीच नेपाल चीन सम्बन्धका विविध आयाम र हालै चिनियाँ उपप्रधानमन्त्रीले गरेको नेपाल भ्रमणका बारेमा कुराकानी भएको छ ।

अध्यक्ष दाहालको निवास लाजिम्पाटमा मंगलबार भएको भेटवार्तामा उनहरुबीची नेपाल र चीनबीच विगतमा भएका सहमति तथा सम्झौता कार्यान्वयनमा भएका प्रगतिका बारेमा समेत छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।

यस्तै चीन सरकारले अगाडि सारेको ‘एक क्षेत्र एक मार्ग’ओबोर अवधारणामा नेपाल सरकारले हस्ताक्षर गरिसकेको अवस्थाका बारेमा समेत कुराकानी भएको बताइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...