बाढीका कारण धानखेती बगरमा परिणत
इनरुवा । सुनसरी सदरमुकाम इनरुवा नगरपालिका–१० जल्पापुरका अब्दुल रहमानले मेहनतका साथ ५ कट्ठा जग्गामा धानखेती गरे ।
५ कट्ठामा लगाएको धानले छ महिनासम्म खान पुग्ने भएकाले उनलाई आफ्नो जग्गा नभए पनि ऐलानी जग्गामा सुर्वणा धान लगाए ।
तर त्यो धानबालीलाई केही दिन अगाडि आएको विनाशकारी बाढीले बगाएपछि अहिले उनलाई अब कसरी दिन बिताउने भने चिन्ताले सताएको छ ।
५ कट्ठा जग्गामा लगाएको धानबाट २५ देखि ३० मनसम्म उत्पादन हुने आशा गरेको धानखेती एक्कासि आएको बाढीले बगरमा परिणत गरिदिएपछि अहिले उनी चिन्तित भएको छ ।
रहमान जस्तै इनरुवा नगरपालिका–१० का डोमी मन्सुरीको अवस्था पनि उस्तै छ । उनीले आफ्नै १० कट्ठा जग्गामा धानबाली लगाए ।
तर एक्कासि केही दिन अगाडि आएको बाढीले धान बगाएपछि अहिले उनी चिन्तित भएका छ । ४० हजार लगाएर गरेको धानबाली बाढीले बगाएपछि अहिले उनी लाई कसरी परिवार चलाउने भने समस्याले सताएको छ । वर्षभरि खान पुग्ने धानको बाली बगाएपछि कसरी वर्षभरि गुजारा चलाउने भने चिन्ताले रहमानलाई पिरोलिरहेको छ ।
उनी जस्तै जल्पापुरका मोहम्मद जाकिरको अवस्था पनि उस्तै भएको छ । उनीले २ सय देखि ३ सय सम्म मजदुर ल्याएर मेहनतका साथ गरेको धानखेती बगाएपछि अहिले उनी के गर्ने भन्ने सोचमा परेका छन् ।
खेती गर्ने बेलामा पानीको अभाव, मजदुरको अभाव, हलो जोत्ने मजदुर तथा ट्र्याक्टरको अभावलगायतका समस्याका बाबजुद गरेको धानखेती छिनभरमै बगरमा परिणत भएपछि अहिले उनी समस्यामा परेको छ । धानखेती बगरमा परिणत भएपछि उनी परिवार कसरी चलाउने भने सोचमा डुबेका छन् ।
घरमा भएको अन्नपात, लत्ताकपडा, बाढीले बगायो, मेहनतका साथ गरेको धानबाली बाढीले बगायो अब के गर्ने भन्ने सोचमा परेको उनी बताए ।
उनी सुनसरीका लागि उदाहरणका पात्र मात्र भएका छन् । उनी जस्तै जिल्लाका १ लाख कृषकले लगाएको १७ हजार ५०० हेक्टर क्षेत्रफलको धानखेती बाढीले बगाएको जिल्ला कृषि विकास कार्यालय सुनसरीले जनाएको छ । उक्त धानबाली बाढीले बगाउँदा करिब २ करोड बराबरको क्षति भएको जिल्ला कृषि विकास कार्यालय सुनसरीका प्रमुख राजकान्त झाले बताए ।
यता जिल्ला कृषि विकास कार्यालय, सुनसरीले बाढीले बगाएको धानखेतीको तथ्यांक संकलन गर्ने काम भइरहेको जनाएको छ ।
धानखेती बाढीले बगाएको ठाउँमा अब पुनः धानखेती लगाउनतर्फ कृषकलाई प्रेरित गर्ने कृषि विकास कार्यालय सुनसरीका विकास अधिकृत दीपेन्द्र पोखरेलले बताए ।
उनले तथ्यांक संकलन भएपछि कृषकलाई उचित क्षतिपूर्ति दिलाउनतर्फसमेत पहल गर्ने बताए । त्यसैले धानबाली नष्ट भएका वास्तविक कृषकको विवरण संकलन गरेर राहत दिनेतर्फ सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।
प्रतिकृया दिनुहोस