करेन्ट लागेर ३ घाइते

455555

दमक । झापाको गौरीगञ्ज गाउँपालिका–१ स्थित कुञ्जीबारी बजारको १ घरमा हाइटेन्सन बिजुलीको तार खस्दा ३ लाई करेन्ट लागेको छ । करेन्ट लागेका ३ को अवस्था गम्भीर रहेको बताइएको छ ।

बिहान करिब ६ बजे पोलमाथिको तार स्थानीय चन्द्र काफ्लेको घरमा खस्दा चन्द्र काफ्ले, उनकी श्रीमती राधिका र छोरी दमन्ता गम्भीर घाइते भएका हुन् ।

करेन्ट लागेर गम्भीर घाइते ३ बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको स्थानीय नगेन्द्र कुँवरले जानकारी दिए । करेन्ट लागेर काफ्लेका २ चौपायासमेत मरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...