पत्रकार महासंघको मत गणना जारी, यस्तो छ नतिजा

बाम लोकतान्त्रिक गठन्धनको पोल्टामा

Ganana fnj lfhpobvbmb


काठमाडौं । नेपाल पत्रकार महासंघको हिजो भएको निर्वाचनअन्तर्गत अहिले मतगणना जारी छ । मतगणनाको पछिल्लो नतिजाअनुसार लोककतान्त्रिक प्रगतिशील पत्रकार प्यानल अगाडि देखिएको छ ।

महासंघको नेतृत्वका लागि प्रेस सेन्टर तथा युनियनले गोविन्द आचार्य र प्रेस चौतारीको समर्थनमा तीर्थ कोइरालाबीच मुख्य प्रतिष्पर्धा रहेको छ ।

यसअघि महासंघका महासचिव उजीर मगरले स्वतन्त्रबाट अध्यक्षमा उम्मेदवारी दिएपछि उनलाई सेन्टरले कारबाही गरेको छ ।

पछिल्लो मतपरिणामअनुसार,
अध्यक्ष
गोविन्द आचार्य ५९३
तीर्थ कोइराला ४९८

उपाध्यक्ष (खुल्लातर्फ)
मातृका पौडेल ३२६
विपुल पोखरेल ४६५

उपाध्यक्ष (समावेशीतर्फ)
दिलिप थापा मगर ४८४
महेश दास ३१३

महासचिव
बालकृष्ण बस्नेत ३७०
रमेश विस्ट ४३५

सचिव (खुल्ला)
राम प्रसाद दाहाल ४२८
रुद्र भट्ट २४२

सचिव (महिला)
लक्ष्मि पुन ४५६
सुस्मा पौडेल ३३५

सचिव (आदिवासी )
उदय जिएम ४३९
सिद्धराज राई ३ ३२

सचिव (मधेसी)
सितल प्रसाद महतो ४४३
अतिस कुमार मिश्र ३१४

सचिव (दलित)
रेम विश्वकर्म ४३९
हेम विक ३०८

सचिव (एसोसिएट)
प्रकाश थापा ४३९
महेन्द्र भट्टराई ३१७

कोषाध्यक्ष
खगेन्द्र पन्त ३५९
राजेश मिश्र ४३७

लेखा संयोजक
रोशन पुरी ४४९
रामहरी सिलवाल ३२८
पदाधिकारीहरु अधिकांश पदमा बाम लोकतान्त्रिक गठबन्धनले अग्रता लिइरहेको छ । राजधानीको प्रज्ञा भवनमा मतगाणना जारी रहेको मतगणनास्थलबाट स्रोतले रातोपाटीलाई जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...