काठमाडौं फोटोग्राफर संघका फोटोग्राफरले गरे रक्तदान

Blood 300x200

काठमाडौँ । १७८ औं बिश्व फोटोग्राफर दिवसको अवसर पारि काठमाडौं फोटोग्राफर संघको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

काठमाडौंमा रहेका फोटोग्राफरहरूको साझा संस्था काठमाडौं फोटोग्राफर संघले शनिवार नयाँबानेश्वर स्थित संघको कार्यालयमा बिहान ८ बजे देखि दिउसो १ बजेसम्म रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

गत बर्ष देखि विश्व फोटोग्राफर दिवसको अवसरमा संघले रक्तदान कार्यक्रम गर्दै आएको छ । शनिवार बिहान १० बजे देखि १ बजे सम्म चलेको रक्तदान कार्यक्रममा २६ जनाले रगत दिएका छन् ।

यसरि संकलित रगतलाई रक्तबैंकमा जम्मा गरिने संघका पूर्व अध्यक्ष बालकृष्ण श्रेष्ठले जानकारी बताए ।

श्रेष्ठका अनुसार बाढीपीडित जनतालाई राहत वितरण गर्न तराई झरेर फोटोग्राफर संघले सर्लाहिको हरिबन नगरपालिका १, २, ३, ४, ५, ६,९ र १० का २५० घरधुरीलाई राहत स्वरूप खाद्यान्न तथा लत्ताकपडा बितरण गरेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...