झाडापखालाले दुईको मृत्यु, १ सय ५०भन्दा बढी बिरामी
इमरानखान
कपिलवस्तु । कपिलवस्तुमा झाडापखालाको महामारीले दुई जनाको मृत्यु भएको छ । कपिलवस्तुको महाराजगंज नगरपालीका वडा नं.७ को सत्भरा र गंगौडी गांउमा फैलीएको झाडापखालाको कारण १५० भन्दा बढि मानिसहरु विरामि भएको स्थानिय सोत्रबाट जानकारी प्राप्तभएको छ ।
गघौंडीका जमुनाचमारकी श्रीमती ३५ वर्षिय सान्तीदेवी चमार र सत्भराका चैतराम रैदासका ८ वर्षिय छोरा तारेस रैदासको दुई दिन देखि सुरु भएको झाडापखाला र वान्ताको कारण ज्यान गएको शिवराज अस्पतालका चिकित्सक राहुल झांले बताएका छन । कुसहवा हेल्थपोष्टमा अहिले सम्म १५० भन्दा वढि झाडापखालाका विरामीहरु उपचार गराउन आएको कुसहवा हेल्थपोष्टका ईन्चार्ज जयनारायण पण्डितले वताए । सत्भरा गांउमा एकै परिवारका सातजना समेत विरामी परेको वताईएको छ ।
स्थानीयशिव प्रसाद पुरीका छोरा दिपेनद्र पुरी, सुरज पुरी, वुहारी शेषमती पुरी दुई नातीनातीना समेत दुई दिन देखि झाडापखालाले ग्रसित छन । गाउमा दुषित पानिको माछा खाएको, दुषित पानि पिएको, अन्य सरसफाई कमिकाकारण झाडापखालाको प्रकोप देखिएको चिकित्सकहरुको भनाइ रहेको छ । चिकित्सकहरुले खानपिनमा ध्यानदिनअ ाग्रह गरेका छन ।
प्रतिकृया दिनुहोस