प्रकोप न्यूनिकरणको समाधान खोज्न दलहरुलाई राष्ट्रपतिको आग्रह

Bidhya devi

काठमाडौं ।राष्ट्रपति विद्या देवी भण्डारीले प्राकृतिक प्रकोपबाट हुने क्षति न्यूनिकरणका लागि दीर्घकालिन समाधान खोज्न दलका नेताहरुलाई आग्रह गरेकी छिन् ।

राष्ट्रपति भवन शितल निवासमा आज भएको छलफलमा राष्ट्रपति भण्डारीले बाढीपहिरोबाट बढी क्षति भएको भन्दै न्यूनिकरणका लागि दीर्घकालिन उपाय खोज्न आग्रह पनि गरेकी छिन्।

छलफलमा प्रधानमन्त्री शेर बहादुर देउवा, कंग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ, विपक्षी दलका नेता एमाले अध्यक्ष केपी ओली, बामदेव गौतम लगायतको उपस्थिति रहेको थियो ।

नेताहरुले यस विषयमा साझा धारणा बनाएर अघि बढ्ने प्रतिबद्दता जनाएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...