बाढीपीडितको समस्या समाधानका लागि प्राधिकरण निर्माण गर्नुपर्छ : नेत्री कोइराला

Sujata koirala  bh 2

काठमाडौँ । नेपाली काँग्रेस नेत्री सुजाता कोइरालाले बाढीपीडितको समस्या समाधानका लागि बाढीपीडित पुननिर्माण प्राधिकरण बनाउनुपर्ने बताए ।

नेत्री कोइरालाले शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दे केही दिन अगाडि परेको अविरल वर्षाका कारण तराईका विभिन्न भागमा भएको डुवानका कारण मानिसले ज्यान गुमाएको र कयौँ व्यक्ति बेपत्ता भएको भन्दै बाढीबाट वेपत्ता भएका व्यक्तिको खोजी गरी उचित राहतको व्यवस्था गर्न प्राधिकरण आवश्यक रहेको बताएकी छन् ।

विस २०४८ सालमा वागमतिमा नदीको किनारामा रहेको पौरही गाविस बाढीले बगाउँदा तत्कालिन काँगेस सभापति कृष्णप्रसाद भट्टराई तथा प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाले बाढीपीडितलाई बस्नका लागि उचित आवासको व्यवस्था गरेको स्मरण गर्दै नेत्री कोइरालाले उक्त कुरालाई वर्तमान सरकारले समेत आत्मासाथ गरेर अगाडि बढाउनुपर्नेमा जोड दिए

 नेत्री कोइरालाले भनिन् ‘बाढीले घरहरु बगाएको, कृषि क्षेत्र तहसनहस पारेको भन्दै पीडितलाई तत्काल बसोबासको व्यवस्था मिलाउन सरकार गम्भीर बन्नुपर्छ, ।’

प्राधिकरणमार्फत विदेशबाट सहयोग लिएर बाढीपीडितसमक्ष लैजानुपर्ने नेत्री कोइरालाको भनाई छ । अहिले सरकारले दिएको राहत बाढीपीडितका लागि पर्याप्त छैन, त्यसैले प्राधिकरण निर्माण गरेर आवश्यक राहत सामाग्री पु¥याउँ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...